
बाँकेमा पाटे बाघ मृतावस्थामा भेटियो
प्रकाशित मितिः १० आश्विन २०८०, बुधबार ०५:०२
बाँकेमा मृतावस्थामा बाघ भेटिएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा मङ्गलबार साँझ ७ बजेतिर वयस्क पाटे बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालय बाँकेका निमित्त वन अधिकृत गणेश खड्काले जानकारी दिए।
स्थानीयवासीको भनाइलाई उद्धृत गर्दै निमित्त वन अधिकृत खड्काले मृतावस्थामा भेटिएको उक्त बाघ सो क्षेत्रमा केही दिनअघिदेखि नै देखिएको थियो। बाघले स्थानीयवासीले पा