☰ open Loading... 18 April 2024|  

वन

बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

    प्रकाशित मितिः ११ माघ २०७७, आईतवार १०:२७
  दाङ - बाघको आक्रमणबाट देउखुरी लमही नगरपालिका८ खोलीगाउँकी ५० वर्षीया बेलमती चौधरी गम्भीर घाइते भएका छन ।शनिबार दिउँसो बाख्रा चराउन नजिकैको जङ्गलमा गएको समयमा उनलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट चौधरीको मुख, आँखा र टाउको गम्भिर चोट लागेको छ । श्रीमान टुलिराम चौधरी रुखमा चढेर घाँस झार्दै गर्दा बाघले बेलमतीलाई आक्रमण गरेको थियो।बाघको आक्रमणबाट गम्भीर घाइते भएकी बेलमतीको लमही अस्
काँक्रेविहारमा रहेका जनावर असुरक्षित बन्दै

काँक्रेविहारमा रहेका जनावर असुरक्षित बन्दै

    प्रकाशित मितिः ४ माघ २०७७, आईतवार १९:२८
सुर्खेत । काँक्रेविहार क्षेत्रमा रहेका जनावर असुरक्षित बन्दै गएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, लाटीकोइलीमा पर्ने नेपालकै संरक्षित वन क्षेत्रको रुपमा रहेको काँक्रेविहारका जनावरहरु असुरक्षित बन्दै गएका हुन् । काँक्रेविहार क्षेत्रको संरक्षण तथा सुरक्षाको लागि अस्थायी प्रहरी विट र वन कार्यालयको आरक्ष केन्द्र स्थापना भएपनि यहाँका जनावर असुरक्षित भएका हुन् । सोही अनुरुप आज विहानै एउटा जर
उपभोक्ता समितिकै मिलेमत्तोमा वन फडानी

उपभोक्ता समितिकै मिलेमत्तोमा वन फडानी

    प्रकाशित मितिः २५ पुष २०७७, शनिबार १६:३७
सुर्खेत । सामुदायिक वन उपभोक्ता समितिकै मिलेमत्तोमा वन फडानी भएको आरोप लागेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ कोलडाँडामा रहेको जनसंरक्षण सामुदायिक वन उपभोक्ता समुहका सालका रुख अवैध रुपमा काटिएपछि उपभोक्ता समितिकै मिलमत्तोमा फडानी भएको आरोप स्थानीयले लगाएका हुन् । सामुदायिक वनको कोलडाँडास्थित भातेकुना क्षेत्रमा केही दिन अघिदेखि बस्ती नजिकको सडक छेउमा दैनिकजसो रुख काट्ने गरेको स्थानीयले बत
मोटरसाइकलमा पाटेबाघको आक्रमण, एक महिला बेपत्ता

मोटरसाइकलमा पाटेबाघको आक्रमण, एक महिला बेपत्ता

    प्रकाशित मितिः १८ पुष २०७७, शनिबार १०:१९
  बर्दिया -बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले झम्टेर लगेको छ । कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको निकुञ्जले जनाएको छ । आमाछोरा मोटरसाइकलमा घरतर्फ जान लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर महिलालाई पाटेबाघले आक्रमण गरेर लगेको बताइएको छ । मोटरसाइकल चलाइरहेका
४८ हजार बढी घनमिटर आयो, सम्झौतामा समस्या

४८ हजार बढी घनमिटर आयो, सम्झौतामा समस्या

    प्रकाशित मितिः ८ पुष २०७७, बुधबार १०:२१
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले मंगलबार अपरान्हसम्म ४८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गरेको छ भने लक्ष्यभन्दा दुई लाख ९० हजार तीनसय रुपैयाँ बढी राजश्व जम्मा गरिसकेको छ । नगरपालिकाले चालुआर्थिक वर्षको असोज १ गतेदेखि उक्त परिमाणको ढुंगा, गिटी र बालुवा निकासी गरेको हो । नदीजन्य पदार्थ उत्खनन्का लागि परामर्शदातामार्फत नगरपालिकाले वातावरणीय प्रभाव मुल्यांकन तथा प्रारम्भिक परीक्षण (आइइ) प्रतिव
अमानतमै उठायो, ४० हजार बढी घनमिटर नदीजन्य पदार्थ

अमानतमै उठायो, ४० हजार बढी घनमिटर नदीजन्य पदार्थ

    प्रकाशित मितिः ३० मंसिर २०७७, मंगलवार १२:५७
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्का लागि टेण्डर स्वीकृत नहुँदै अमानतमा झण्डै ४० हजार घनमिटर नदीजन्य पदार्थ निकासी गरेको छ । नगरपालिकाभित्र पर्ने भेरी नदी, झुप्राखोला र गिरीघाटबाट सो परिमाणको ढुङ्गा, गिटी, बालुवा निकासी गरेको हो । आर्थिक वर्षको असोज १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन् गर्न पाइने प्रावधान बमोजिम नगरपालिकाले सोही मितिदेखि नै वीरेन्द्रनगरका वडा नम
भरुवा बन्दुक र काठ सहित तस्कर पक्राउ

भरुवा बन्दुक र काठ सहित तस्कर पक्राउ

    प्रकाशित मितिः २५ मंसिर २०७७, बिहीबार २०:५९
सुर्खेत । भरुवा बन्दुकसहित काठ तस्कर पक्राउ परेका छन् । सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ६ गुठीमा अवैध काठ चिरान गरिरहेको अवस्थामा पक्राउ गरेको हो । तीन सय २७ थान चिरान काठ (कडी) र भरुवा बन्दुक सहित स्थानीय बिरबहादुर रावललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बाबियाचौरका ईन्चार्ज बखत बहादुर शाहीले बताए । उनका अनुसार उक्त कार्यमा संलग्न भास्कर थापा र ओमबहादुर राझी फरार रहेका छन् । उनिहरुक

वन मुद्दामा फरार दुई जना पक्राऊ

    प्रकाशित मितिः २२ मंसिर २०७७, सोमबार ०८:५३
दैलेख । दैलेख प्रहरीले वन मुद्दामा फरार दुईजनालाई आइतबार पक्राउ गरेको छ । भैरवी गाउँपालिका-२ का ३७ वर्षीय उदयराम महतरा र ४७ वर्षीय राजाराम थापालाई प्रहरीले पक्राउ गरेको हो । फरार दुईजना आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको दैलेख प्रहरीले जनाएको छ । दैलेख जिल्ला अदालत दैलेखको लगत नम्बर ८७८ को वन मुद्दामा उनीहरु फरार भएका थिए ।

सुर्खेतमा काठसहित एक व्यक्ति पक्राउ

    प्रकाशित मितिः ८ मंसिर २०७७, सोमबार १३:५७
सुर्खेत । घरको करेसा बारीमा लुकाइछिपाइ राखेको काठसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भेरीगंगा नगरपालिका-४, स्थित टुनिखोलाका ४६ वर्षीय उदिराम खत्रीसहित ११४.४७ क्यू फिट काठ प्रहरीले पक्राउ गरेको हो । उदिरामले घरको करेसा बारीमा सालको चिरान काठ एक सय ३६ थान (कडी) र गोलिया पाँच थान लुकाएको विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनलाई इलाका प्रहरी कार्यालय छिन्चुले पक्राउ गरेको हो
बँदेलको मासु बरामद

बँदेलको मासु बरामद

    प्रकाशित मितिः २९ कार्तिक २०७७, शनिबार १६:१५
संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले मासुसहित तीनजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-४ मूलपानी चोकबाट शनिबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गाडी चालक बराहताल गाउँपालिका-८, का २७ वर्षीय अर्जुन गौतम, संरक्षित वन्यजन्तुको मासु प्राप्त गर्ने वीरेन्द्रनगर नगरपालिका-४ का ४५ वर्षीय प्रेम बुढामगर र चौकुने गाउँपालिका-८ का ३५ वर्षी