Loading... 14 August 2018|   मङ्लबार, साउन २९, २०७५

गतिविधि

अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने

    प्रकाशित मितिः बिहिबार, साउन १७, २०७५       |
काठमाडौँ, देशभित्र सञ्चालित ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने भएको छ । विभागले सेवाग्राहीसँग छलफल गरेर अनलाइनमार्फत् विवरण पेश गर्नुपर्ने प्रावधान अगाडि बढाएकाले उद्योगले वार्षिकरुपमा गरेको कारोबार र नाफा–नोक्सानबारे तोकिए बमोजिम विवरण पेश गर्नुपर्ने भएको हो । औधोगिक व्यवसाय ऐन, २०७३ को दफा १२ को उपदफा २ बमोजिम उद्योग दर्ता भएको स्थानमा वार्षिकरुपमा कार
नरहरीनाथ र राजापुरमा “जलकचहरी”

नरहरीनाथ र राजापुरमा “जलकचहरी”

    प्रकाशित मितिः बुधबार, साउन १६, २०७५       |
सुर्खेत । कालिकोटको नरहरीनाथ र बर्दियाको राजापुर नगरपालिका“कर्णाली बेसिनउत्थानशीलजलस्रोत व्यवस्थापन बहु–सरोकार वाला जलकचहरी” सुरु भएको छ । डिएआईको प्रािबधिक सहयोग र किर्डाक नेपालको सहजिकरणमा पानी परियोजना अन्र्तगत जलकचहरी सुरु भएको हो । जलकचहरीमा बिशेषगरी कर्णाली जलाधार व्यवस्थापनका लागि स्थानिय सहयोग र सहकार्यबाट समस्या, चुनौती र अवसरका वारे छलफल गर्नका लागि बहु सरोकारवालाहरुको मञ्चको व्यवस्थार
५९ सीमास्तम्भ पुनःनिर्माण

५९ सीमास्तम्भ पुनःनिर्माण

    प्रकाशित मितिः बुधबार, साउन १६, २०७५       |
तुलसीपुर, दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको हो । इँटा र सिमेन्टले बनाएका सीमास्तमम्भ भत्किन थालेपछि पुनःनिर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनःनिर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । “अब पाँचवटा सीमास्तम्भ पुन

ज्येष्ठ नागरिकका लागि सेवाकेन्द्र

    प्रकाशित मितिः बुधबार, साउन १६, २०७५       |
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका–१ धम्वोझीमा ज्येष्ठ नागरिकका लागि दिवा सेवाकेन्द्र सञ्चालन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्वावलम्वी ज्येष्ठ नागरिक समाज नेपालले रु १५ लाख ३७ हजारको लागतमा उक्त सेवाकेन्द्रको भवन निर्माण गरेको हो । सबै ज्येष्ठ नागरिकलाई दिउँसो फुर्सदको समय बिताउन र मनोरञ्जन लिन सहज होस भनेर सेवाकेन्द्र सञ्चालन गरेको स्वावलम्वी ज्येष्ठ नागरिक समाज नेपा
सुविधाभोगी जनप्रतिनिधि

सुविधाभोगी जनप्रतिनिधि

    प्रकाशित मितिः मङ्लबार, साउन १५, २०७५       |
दाङ - जनप्रतिनिधि चुनिएलगत्तै दाङ को लमही नगरपालिकाले गत वर्षको साउनदेखि जनप्रतिनिधिको तलब निर्धारण ग-यो। नगरसभाले गरेको निर्णयअनुसार मेयरको ३५ हजार, उपमेयरको ३० र वडा अध्यक्षको मासिक तलब २५ हजार रुपैयाँ तोकिएको थियो। नगरपालिकाले यो निर्णय गुपचुपमै राखेको थियो। कारण नगरपालिकाको निर्णय संविधानसम्मत थिएन। स्थानीय तहका जनप्रतिनिधिको तलब प्रदेशसभाले निर्धारण गर्ने सरकारी नियम थियो। जबकी नगरपालिकाले आफ
जुम्लामा चुकेनी जलविद्युत् निर्माण हुने

जुम्लामा चुकेनी जलविद्युत् निर्माण हुने

    प्रकाशित मितिः आइतवार, साउन १३, २०७५       |
सुर्खेत, जुम्लाको पातारासी गाउँपालिका–१ गडीगाउँमा रु ४२ करोडमा चुकेनी साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसअघि ५०० किलोवाट जलविद्युत् निकाल्ने डिजाइन स्टिमेट गरिएको उक्त जलविद्युत् आयोजना अब भने एक मेगावाट निकाल्ने तयारी गरिएको छ । यसका लागि भदौ महिनाको पहिलो सातासम्म टेण्डर हुने आयोजना निर्माण समितिका अध्यक्ष गोरबहादुर बुढाले जानकारी दिए । आयोजना निर्माणार्थ नेपाल सरकार वैकल्पिक ऊर्जा
नेपाल अटो मेकानिक्स ट्रेड युनियन नारायण नगरपालिकाकाे नयाँ कमिटी गठन

नेपाल अटो मेकानिक्स ट्रेड युनियन नारायण नगरपालिकाकाे नयाँ कमिटी गठन

    प्रकाशित मितिः बिहिबार, साउन १०, २०७५       |
दैलेख । नेपाल अटो मेकानिक्स ट्रेड युनियन नारायण नगरपालिकाको नयाँ कमिटी गठन गरिएको छ । युनियनको प्रथम अधिवेशनले अशोक रानाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा मनोज थापा, सचिवमा भिमबहादुर बस्नेत, सह–सचिवमा भरतराज पुरी र कोषध्यक्षमा लोकप्रसाद कोइराला छन् । यस्तै, सदस्यहरुमा अटल केसी, रविन्द्र थापा, नविन रानामगर र वीरेन्द्र खड्का छन् । १५ सदस्यी कमिटीमा थप ६ जनालाई
किसानलाई बाँडिएका कुखुरा मरे

किसानलाई बाँडिएका कुखुरा मरे

    प्रकाशित मितिः बिहिबार, साउन ३, २०७५       |
दैलेख, नारायण नगरपालिका पशु शाखाबाट किसानहरुका लागि अनुदानमा ल्याईएका कुखुराका चल्लाहरु मरेका छन् । पशु शाखाले किसानहरुलाई वितरण गर्न ल्याएको २ हजार चल्ला एकै पटक मरेका हुन् । ३ दिनभित्र २ हजार चल्ला मरेपछि किसानहरु चिन्तित भएका हुन् । नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत बस्नेतले चल्ला मरेपछि विक्रि गर्नेलाई सम्पर्क गरी किन चल्ला मरे परिक्षण भए नभएको खोजी गरिरहेको बताए । łकुखुराका चल
जन्मदिनमा अनार्थलाई सहयोग

जन्मदिनमा अनार्थलाई सहयोग

    प्रकाशित मितिः सोमवार, असार ३२, २०७५       |
दैलेख, एक अभिभावकले आफ्नो छोराको जन्म दिनको अवसरमा फजुल खर्च घटाएर अनार्थ बालिकालाई आर्थिक सहयोग गरेका छन् । नारायण नगरपालिका –६ निवासी रञ्जना थापा र गोविन्द केसीले छोरा सौगात केसीको ७ वर्ष पुरा भएको जन्मदिनको अवसरमा नारायण नगरपालिका – ११ जुफियाँकी १० वर्षिया अनार्थ बालिका भगवती रावललाई पाच हजार रुपैँया आर्थिक सहयोग गरिएको हो । घरको आर्थिक अवस्था कमजोर भएको र पढाईमा समस्या भएकाले आर्थिक सहयोग

तातोपानी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

    प्रकाशित मितिः सोमवार, असार ३२, २०७५       |
सुर्खेत, जुम्लाको तातोपानी जिल्लाकै तेस्रो पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण घरधुरीमा गरिएको सर्वेक्षणमा सबै बालबालिकालाई पूर्ण खोप लगाएको भेटिएपछि गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको सो गाउँपालिकाका स्वास्थ्य संयोजक मणिकृष्ण उपाध्यायले जानकारी दिए । “हामीले जन्मेदेखि पाँच वर्षसम्मका सबै बालबालिका पूर्ण खोपको पहुँचमा आएको निश्चित गरे