पहुँच नभएका बिरामीलाई हवाई टिकट पाउनै मुस्किल
प्रकाशित मितिः २९ भाद्र २०८१, आईतवार २०:४५
धनगढी घर भएका रामबहादुर सिंह विगत ३० वर्षदेखि मुगुको सोरु गाउँपालिकामा रहेको महादेव आधारभूत विद्यालयमा अध्यापन गर्छन् । एक हप्ताअघि उनी एक्कासि बिरामी भए । ज्वरो आइरहने र मानसिक अवस्था निकै कमजोर बन्यो । गाउँमा गाडी नपाउने हुँदा शनिवार मात्रै स्थानीयले बोकेर सदरमुकाम गमगढी पुर्याए ।
जिल्ला अस्पतालमा उपचार गर्दा त्यहाँका डाक्टरहरूले यहाँ उपचार गर्न सम्भव नहुने भन्दै तत्काल कतै बाहिर लैजान सुझाव