
नगरसभामा हेप्ने भन्दै वडाध्यक्षले मोबाइल र कुर्सी पछारेर हिँडेपछि . . .
प्रकाशित मितिः २७ असार २०८२, शुक्रबार १६:५६
भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष दिनेश पुलामीले नगरसभामा खुलेर आक्रोश पोख्दै अभूतपूर्व ढंगले विरोध जनाएका छन् । भेरीगंगा नगरपालिकाको १७औँ नगरसभामा अध्यक्ष पुलामीले आफ्नो वडाको बजेट कटौती गरेको भन्दै मोबाइल फुटाउनुका साथै कुर्सी समेत पछारेर बैठक बहिस्कार गरेका हुन् ।
बैठकमा वडाध्यक्ष पुलामीले नगरप्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहोरा र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेलको अगाडि