☰ open Loading... 19 September 2024|  

मुख्य समाचार

वीरेन्द्रनगरका पानी उद्योगबाट दूषित पानी बेचेको पुष्टि

वीरेन्द्रनगरका पानी उद्योगबाट दूषित पानी बेचेको पुष्टि

    प्रकाशित मितिः १ आश्विन २०८१, बुधबार १६:३८
व्यापार व्यवसायका नाममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका केही व्यापारीहरूले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने गरेको पाइएको छ । वीरेन्द्रनगरमा रहेका अधिकांश पानी व्यवसायीले जनस्वास्थ्यको ख्याल नै नगरी पानी बिक्रीवितरण गर्ने गरेको अनुगमनका क्रममा पाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले गर्ने नियमित बजार अनुगमन तथा निरीक्षणका क्रममा वीरेन्द्रनगरका पानी उद्योगहरूले
अखाद्यवस्तु बिक्री गर्ने पाँच उद्योगविरुद्ध मुद्दा

अखाद्यवस्तु बिक्री गर्ने पाँच उद्योगविरुद्ध मुद्दा

    प्रकाशित मितिः १ आश्विन २०८१, बुधबार १३:४२
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले हालसम्म २० वटा खाद्य ऐनको बर्खिलाप मुद्दा उठान गरेको छ, जसमध्ये पाँचवटा खाद्य ऐन २०२३ बर्खिलाप मुद्दा तयार गरेको छ भने चारवटा मुद्दा प्रारम्भिक अनुसन्धान गरी सम्बन्धित कार्यक्षेत्र हेर्ने कार्यालयमा पठाएको छ । दायर गरेकामध्ये दुईवटा जिल्ला प्रशासन कार्यालय र तीनवटा जिल्ला अदालत सुर्खेतमा दायर भएका छन् । दायर भएका मुद्दामा दूषित मह उत्पादन तथा
सुनको मूल्यमा दोस्रो दिन पनि गिरावट

सुनको मूल्यमा दोस्रो दिन पनि गिरावट

    प्रकाशित मितिः १ आश्विन २०८१, बुधबार १३:२९
नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। मङ्गलवार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। मङ्गलवार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजा
भिजिट कर्णालीले अनलाइनबाटै टिकट बिक्री गर्ने

भिजिट कर्णालीले अनलाइनबाटै टिकट बिक्री गर्ने

    प्रकाशित मितिः १ आश्विन २०८१, बुधबार ११:०८
कर्णालीका जिल्लामा सडक पुगेका तर सवारी जान सक्ने ठाउँसम्म यात्रुहरुलाई सहज सेवाका लागि यातायात सञ्चालन गरेको भिजिट कर्णाली यातायातले अनलाइनबाटै टिकट बिक्री गर्ने भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरबाट कर्णालीका विभिन्न जिल्लाहरुमा स्करपियो सेवा दिँदै आएको भिजिट कर्णालीले एपमार्फत यात्रुहरुले सहजै टिकट बुकिङ गर्न मिल्नेगरी एप सार्वजनिक गरेको हो । दैलेख, कालिकोट, जुम्ला, बाजुरा र जाजरकोट जिल्लाक
दैलेखका स्थानीय तहमा नियम विपरीत १० करोड फजुल खर्च

दैलेखका स्थानीय तहमा नियम विपरीत १० करोड फजुल खर्च

    प्रकाशित मितिः ३१ भाद्र २०८१, मंगलवार २०:३६
दैलेखका १० स्थानीय तहले इन्धनमा पाँच करोड,८४ लाख एक हजार ९४० रुपियाँ,गाडी भाँडामा एक करोड २२ लाख रुपियाँ र मर्मतमा तीन करोड ४९ लाख ८३ हजार ५९७ समेत गरी दश करोड ५५ लाख ८६ हजार ५५ रुपियाँ खर्च गरे दैलेख, भदौ १ गते । देशैभरका स्थानीय तहका प्रमुख लगायतका जनप्रतिनिधिहरू महिनौँ समय काठमाडौँमै बिताउने गरेको भेटिन्छ । पालिकाको खर्च गरेर कार्यालयको काम भन्दै खुसीमय जीवन बिताउन सहरमा महिनौँ बस्ने गरेपछि जन
जिप दुर्घटनामा घाइते दुई जनाको मृत्यु

जिप दुर्घटनामा घाइते दुई जनाको मृत्यु

    प्रकाशित मितिः ३१ भाद्र २०८१, मंगलवार १२:३८
सल्यानमा बोलेरो जिप दुर्घटनामा परी घाइते भएका दुईको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-४ फलाबाङ्गबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जिप सोमबार बेलुकी पुतली दरबार नजिकै दुर्घटना हुँदा गम्भीर घाइते भएका ५५ वर्षीय टोपबहादुर साहु र लाली रावतको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि रेसमबहादुर खत्रीका अनुसार सोमबार बेलुकी जिप दुर्घटना हुँदा

कारागारमा बन्दीको मृत्यु

    प्रकाशित मितिः ३१ भाद्र २०८१, मंगलवार ०७:११
कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका-४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो साढे ३ बजेको समयमा बिक शौचालयमा लडेको अवस्थामा भेटिएका थिएन । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहीँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहोराले जानकारी
बोलेरो जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते

बोलेरो जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते

    प्रकाशित मितिः ३१ भाद्र २०८१, मंगलवार ०७:०७
सल्यानमा सोमबार बेलुका जीप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् । त्रिबेणी गाउँपालिका-४ फलाबाङ्गबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जीप पुतली दरबारनजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीका अनुसार घाइते हुनेमा त्रिबेणी गाउँपालिका-३ का चालक २८ वर्षीय कमल रेउले, वडा नं ४ का ५५ वर्षीय टोपबहादुर साहु, सोहो वडाका ५५ वर
आज सुदूरपश्चिममा भारी वर्षा

आज सुदूरपश्चिममा भारी वर्षा

    प्रकाशित मितिः ३१ भाद्र २०८१, मंगलवार ०७:०१
मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अुनसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ। देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहन
आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा

    प्रकाशित मितिः ३१ भाद्र २०८१, मंगलवार ०६:५९
आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ। कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन्। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ