☰ open Loading... 30 November 2023|  

मुख्य समाचार

जाजरकोट भूकम्प : ३४ वटा सरकारी भवन पूर्ण क्षति

जाजरकोट भूकम्प : ३४ वटा सरकारी भवन पूर्ण क्षति

    प्रकाशित मितिः ४ मंसिर २०८०, सोमबार १९:३१
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा कूल २६ हजार पाँच सय ५७ घर पूर्ण रुपमा क्षति भएको पाइएको छ । भूकम्पले दुवै जिल्लाका ३५ हजार ४ सय ५५ घरमा आशिंक क्षति पुर्‍याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुवै जिल्लाका स्थानीय तहसँग मागेको क्षति विवरण अनुसार ३४ वटा सरकारी भवन पूर्ण क्षति भएका छन् भने १६ वटामा आशिंक क्षति पुगेको छ । मन्त्रालयका प्रवक्ता एवं स
लुम्बिनीमा काँग्रेसलाई फकाउने माओवादी प्रयास फेरि विफल

लुम्बिनीमा काँग्रेसलाई फकाउने माओवादी प्रयास फेरि विफल

    प्रकाशित मितिः ४ मंसिर २०८०, सोमबार १९:२२
लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउनका लागि काँग्रेसलाई फकाउने माओवादी प्रयास फेरि विफल भएको छ। मन्त्रालय बढाउन नहुने पुरानो अडानबाट काँग्रेस टसमस भएन। आन्तरिक व्यवस्थापनका लागि प्रदेशमा मन्त्रालय बढाउनै पर्ने आवश्यकता देखेको माओवादीले आफ्ना उच्च तहका नेताबाटै काँग्रेसलाई फकाउने प्रयत्न गरेको थियो। काँग्रेसलाई फकाउन माओवादीका नेता वर्षमान पुन सहित उनकी पत्नी तथा पूर्व सभामुख एवं नेतृ ओनसरी घर्ती द
जाजरकोटमा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

जाजरकोटमा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

    प्रकाशित मितिः ४ मंसिर २०८०, सोमबार ०९:५५
कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन्। भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन लागेको हो। रुकुम (पश्चिम)र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पु¥याए पनि अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले पढाइ सुरु गर्न लागिएको छ।ती जिल्लाका केही स्थानीय तहका विद्यालयम
जनकपुरधाममा छठको रौनक

जनकपुरधाममा छठको रौनक

    प्रकाशित मितिः ३ मंसिर २०८०, आईतवार १४:५३
मधेस प्रदेशको राजधानी जनकपुरधाममा छठको रौनक छाएको छ । यहाँका छठ घाटहरू गङ्गा सागर, धनुषा सागर, अङ्गराजसर, दशरथ तलाउ, अग्नि कुण्डसहितका पोखरीहरू सिँगारिएर चिटिक्क बनाइएका छन् । छठ पूजाको तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा ब्रतालुहरु पुगेका छन् । व्रतालुले आज अस्ताउँदो सूर्यलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूलसहितका विभिन्न परिकारहरूको अर्घ अर्पण गर्ने प्रचलन छ ।
प्रधानमन्त्री कोषमा १५ करोड जम्मा

प्रधानमन्त्री कोषमा १५ करोड जम्मा

    प्रकाशित मितिः ३ मंसिर २०८०, आईतवार १४:४८
गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग पाएको छ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ मंसिरसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको हो ।
आज छठ पर्व

आज छठ पर्व

    प्रकाशित मितिः ३ मंसिर २०८०, आईतवार ०६:४४
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । अस्ताउँदो सूर्यलाई अर्घ दिन आइतबार साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु कुपण्डोलस्थ
जनकपुरधाममा दुलहीझैँ सजाइँदै छठ घाट

जनकपुरधाममा दुलहीझैँ सजाइँदै छठ घाट

    प्रकाशित मितिः २ मंसिर २०८०, शनिबार ०७:०६
तराई मधेसमा छठ पर्वको तयारी लगभग पुरा भएको छ । सोही क्रममा जनकपुरधाममा पनि छठ घाट सजाउने तयारी लगभग पुरा भएको छ । पोखरी नै पोखरीको सहरको रूपमा चिनिने जनकपुरधामका नदी, तलाउ र पोखरीका जलाशयहरू सरसफाइ गरी दुलहीझैँ सजाउने काम हुँदै छ । छठ पूजाको लागि टेन्ट र पण्डालले पोखरीहरूलाई विशेष रूपले सजाइएको छ । छठ पर्वमा सबैभन्दा बढी आकर्षणको रूप देखिने जनकपुरको गंगासागर घाटको तयारी अन्तिम चरणमा पुगेको घाट
दिल्लीमा प्रदूषणको स्तर हालसम्मकै खराब

दिल्लीमा प्रदूषणको स्तर हालसम्मकै खराब

    प्रकाशित मितिः १ मंसिर २०८०, शुक्रबार १८:४१
भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषणको गुणस्तरले खतराको सतह पार गरेको छ। दिपावलीको अवसरमा पटाखाजन्य पदार्थहरूका कारण दिल्लीको प्रदूषण ९९९ एक्यूआई पुगेको भारतको मौसम विभागले जनाएको छ। मौसम विभागका अनुसार दिपावलीको साँझसम्म २१८ एक्यूआई रहेको प्रदूषणको गुणस्तर सोमवार बिहान ९९९ पुगेको हो। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीमा वायुको गुणस्तर एक्यूआई हालसम्मकै खराब श्रेणीमा पुगेको छ।
जम्मु-कश्मिरमा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु

जम्मु-कश्मिरमा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु

    प्रकाशित मितिः ३० कार्तिक २०८०, बिहीबार ११:२७
जम्मु-कश्मिरको डोडा भन्ने स्थानमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । १७ जना घाइते भएका छन् । सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट तल खसेको छ । बस दुर्घटनाको अनुसन्धान जारी छ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार र
जाजरकोट भूकम्पमा ४८ घाइते घर फर्किए

जाजरकोट भूकम्पमा ४८ घाइते घर फर्किए

    प्रकाशित मितिः २८ कार्तिक २०८०, मंगलवार १०:३५
जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन्। अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। 'सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अव भेरीमा शल्यक्रिया गरिएका छ बिरामीमात्रै हुन