☰ open Loading... 30 May 2024|  

मेरो व्यवसाय

नेपालमा डाक्टरको संख्या ४५ हजार ४ सय ९८

नेपालमा डाक्टरको संख्या ४५ हजार ४ सय ९८

    प्रकाशित मितिः १४ जेष्ठ २०८१, सोमबार ०५:२७
नेपालमा चिकित्सकको संख्या ४५ हजार ४ सय ९८ पुगेको छ। यो २०८० पुस मसान्तसम्मको तथ्याङ्क हो। अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, ४ हजार ८ सय ८३ दन्त चिकित्सक र १० हजार ५ सय ८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन्। जसमध्ये पुरुष ६४.१ र महिला ३५.९ प्रत
कैलालीमा आलु उत्पादन बढ्यो

कैलालीमा आलु उत्पादन बढ्यो

    प्रकाशित मितिः ९ जेष्ठ २०८१, बुधबार १३:१२
गत वर्षको तुलनामा यो वर्ष कैलालीमा आलु उत्पादन छ प्रतिशतले बढेको छ। जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीका अनुसार गत वर्ष चार हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ६७ हजार सात सय ६० मेट्रिक टन आलु उत्पादन भएको थियो। यस वर्ष चार हजार पाँच सय ८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ७२ हजार एक सय ३० मेट्रिक टन उत्पादन भएको छ। गत वर्षको तुलनामा यस वर्ष चार हजार तीन
कोरियाबाट फर्केर माछापालनमा

कोरियाबाट फर्केर माछापालनमा

    प्रकाशित मितिः ५ जेष्ठ २०८१, शनिबार १८:१८
बागलुङ नगरपालिका ४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ। बागलुङको काठेखोला गाउँपालिका ८ लेखानी घर भई बागलुङ बजार बस्दै आएका पुनले विगत ६ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका छन्। उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरु गरेका हुन्। तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले रिसोर्ट पनि खोलेका छन्। ‘श्रमिकका रूपमा कोरिया पुगेको थिएँ। कोर
३ सय ३३ वटा व्यवसायमा अनुगमन

३ सय ३३ वटा व्यवसायमा अनुगमन

    प्रकाशित मितिः २ जेष्ठ २०८१, बुधबार १५:४१
कर्णालीका ३ सय ३३ वटा ब्यवसायहरुमा अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा ३ सय ३३ वटा ब्यवसायमा अनुगमन तथा निरिक्षण गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले खाद्य उद्योग र खाद्य बजारको अनुगमन गर्ने, खाद्य वस्तुको गुणस्तर प्रयोगशालामा जाँच्ने, उद्योग सञ्चालनका लागि सिफारिस गर्ने तथा अनुज्ञापत्र जारी गर्ने र नवीकरण गर्ने गर्द
शुक्रवार सुनको मुल्य १ लाख ३७ हजार ९ सय रुपैयाँ पुग्यो

शुक्रवार सुनको मुल्य १ लाख ३७ हजार ९ सय रुपैयाँ पुग्यो

    प्रकाशित मितिः २८ बैशाख २०८१, शुक्रबार १५:४८
शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार भने १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा नेपालमा असर परेको महासंघले जनाएको छ । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । चाँद
फार्म हत्याएर गुरासँ गाँउपालिकाले पीडितलाई दुःख दिएको आरोप

फार्म हत्याएर गुरासँ गाँउपालिकाले पीडितलाई दुःख दिएको आरोप

    प्रकाशित मितिः २० बैशाख २०८१, बिहीबार ११:२३
दैलेखको गुराँस गाउँपालिका र नेपाल कृषि विकास फार्म प्रा.ली.संयूक्त रुपमा सञ्चालनमा ल्याएको ल्याब तथा हाईटेक नर्सरी विवादमा परेको छ । पालिकाले दोस्रो सम्झौता गरेर एकल चलाउने निर्णय गरे पनि मुंल्याकन र भुक्तानी नगर्दा विवादित भएको हो । २०७५ चैत्र २६ गते आलु तथा फलफुल बिउ बिरुवा उत्पादन ल्याब तथा हाईटके नर्सरी पटक २० वर्षका लागि सम्झौता भएको थियो । गुराँस गाउँपालिका –४ घोडाबाँसमा सञ्चालन भएको नर
श्री एयरलाइन्सले सुर्खेतमा दिउँसो पनि उडान भर्ने

श्री एयरलाइन्सले सुर्खेतमा दिउँसो पनि उडान भर्ने

    प्रकाशित मितिः १९ बैशाख २०८१, बुधबार १२:५६
श्रीएयरले वैशाख २४ गतेबाट दिउँसो पनि उडान भर्ने तालिका तय गरेको छ । विहान एक फलाइट गर्दै आएको श्रीएयरले २४ गते सोमबारबाट दुई फलाइट गर्ने भएको हो । काठमाडौंबाट ३ः३० बजे र सुर्खेतबाट ४ः४६ बजे उडान भर्ने समय निर्धारण गरेको छ । टिकटदर पुरानै राखेको छ । सुर्खेतमा श्रीएयर आएसंगै काठमाडौ जान र आउने मुल्य ह्वातै घटेको थियो । श्रीएयरले बृद्धको एकाधिकार तोडेसंगै सुर्खेतमा टिकट दर कम भएको थियो । यात्रु
इन्डिगोले गर्‍यो ३० थान वाइड बडी जहाज अर्डर

इन्डिगोले गर्‍यो ३० थान वाइड बडी जहाज अर्डर

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार ०६:५९
दैनिक उडानका हिसाबमा संसारकै सातौं ठूलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भारतको इन्डिगो एयरलाइन्सले एकै पटक ३० थान ठूलो आकार (वाइड बडी) जहाज खरिद गर्ने भएको छ । भारतको सस्तोमा उडान गर्ने इन्डिगोले पहिलो पटक वाइड बडी जहाज खरिद गर्न लागेको हो । सन् २००६ मा स्थापना भएयता निरन्तर बजार विस्तार र उल्लेख्य उपस्थिति जनाउँदै आएको इन्डिगोले विश्व उड्डयन बजारको एक प्रमुख खेलाडी बन्ने भन्दै वाइड बडी खरिद गर
दुई महिनामै सुन्तलाले पायो मूल्य

दुई महिनामै सुन्तलाले पायो मूल्य

    प्रकाशित मितिः २ बैशाख २०८१, आईतवार ०६:३९
हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन्। म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो ६० थियो। अहिले प्रतिकिलो दुई सयले बिक्री भइरहेको छ। कोशी प्रदेश सरकारको तीन करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको एक करोड ३० लाख साझेदारीमा म्याङलुङ–९ साब्लामा एक हजार मेट्रिक टनको शीतभण्डा
३ सातामा सुन १२ हजार ३ सयले बढ्यो

३ सातामा सुन १२ हजार ३ सयले बढ्यो

    प्रकाशित मितिः १ बैशाख २०८१, शनिबार १०:३०
पछिल्ला केही सातायता सुनको मूल्यले दैनिक नयाँ/नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेर फेरी नयाँ कीर्तिमानी बनाएको छ । मूल्यमा नयाँ कीर्तिमानीसँगै शुक्रबार प्रतितोला सुनको भाउ १ लाख ३९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य भने गहना व्यवसायीका लागि हो । गहना व्