फोटो ग्यालरी
त्यतीबेलाको धर्मशाला !
प्रकाशित मितिः १३ श्रावण २०८१, सोमबार ०९:११
दैलेखको भैरवी गाउँपालिकास्थित ब्याउलीको लेकमा रहेको एतिहाँसिक धर्मशाला । कालिकोटको सिमा नजिक जंगलको विचमा रहेको धर्मशाला पुरै ढुंगाले बनाईएको छ । साविकको कर्णाली उतिवेला हिडेर जानेहरु यहि धर्मशालामा बस्ने गर्दर्थे । महिला र पुरुषहरुका लागि भित्र सुत्ने छुटटाछुटटै खण्ड रहेको छ । बस्नका लागि बाटामा घरहरु नहुने त्यतीबेला यो धर्मशालाको निकै महत्व रहेको थियो । तस्विर ः पश्चिमनेपाल
आजको तस्विरमा भाईरल घुम्ती (मोड) !
प्रकाशित मितिः ११ श्रावण २०८१, शनिबार ०९:३७
सुर्खेत–दैलेख सडक खण्ड अन्र्तगत गुरासँ गाउँपालिकास्थित तालपोखरी नजिक रहेको भाईरल घुम्ती । यहाँ आउनेहरु यो घुम्तीमा रोकेर फोटो खिच्ने गर्दछन् । तस्विर ः पश्चिम नेपाल
त्रिपालले ढाकियो जाजरकोट दरबार
प्रकाशित मितिः ७ श्रावण २०८१, मंगलवार ०९:१४
भूकम्पले चर्किएको जाजरकोट दरबारलाई थप क्षति हुनबाट रोक्न त्रिपालले ढाकिएको छ।
गत साता मात्र मुख्य दरबारका सबै भवनहरूलाई त्रिपालले ढाकिएको हो। भूकम्पले दरबारको छानो र भित्तामा क्षति पुगेकाले त्यसभित्र वर्षातको समयमा पानी पर्नबाट रोक्न त्रिपालले ढाकिएको हो।
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जिल्ला वन कार्यालय जाजरकोटमार्फत दरबार त्रिपालले ढाकिएको हो।
‘भूकम्
यस्तो देखियो राजकाँडाबाट चिसापानीस्थित कर्णाली पुल
प्रकाशित मितिः ६ श्रावण २०८१, सोमबार १५:३०
राजकाँडाबाट देखिएको कर्णाली चिसापानीस्थित कर्णाली पुल । तस्बिर : रमित पाण्डे ।
आहा गोठीकाँडा !
प्रकाशित मितिः ६ श्रावण २०८१, सोमबार ०९:३०
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित गोठीकाँडामा गरिएको कालोपत्रे । वीरेन्द्रनगरस्थित भ्यालीको गर्मी छल्न नजिक रहेको स्थानका रुपमा गोठीकाँडालाई लिने गरिन्छ । पछिल्लो समय यहाँ होटल ब्यवसायहरु थपिएका छन् । सुर्खेत मुकाम आउनेहरु गोठीकाँडा आउने गर्दछन् । यहाँ विशेष गरि लोकल कुखुराका परिकारहरु बनाईन्छ । पर्यटन प्रर्वधनका लागि सरकारले खासै चासो नदिएको यहाँका व्यवसायीहरु बताउँछन् । पर्यटनलाई लक्षित
जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ परीक्षण उडान
प्रकाशित मितिः २६ असार २०८१, बुधबार १९:४६
जुम्लाको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ ।
पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलोपटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दा
हिमालीतिर यसरी राखिन्छ थारोमा जौ
प्रकाशित मितिः २० असार २०८१, बिहीबार ०९:२२
जुम्लाको सिंजामा घरको (छत)थारोमा बारीबाट ल्याएर राखिएको जौ । वर्षातमा जौ घरको थारोमै राख्ने गरिन्छ । वर्षातपछि जौ झर्ने चलन रहेको छ । तस्विर ः गोविन्द केसी
आज असार १५ : राष्ट्रिय धान दिवस
प्रकाशित मितिः १५ असार २०८१, शनिबार ०८:३१
प्रत्येक वर्ष असार १५ मा मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।
हाम्रो संस्कृ
मार्सी धान लगाईएको सिंजा उपत्यका
प्रकाशित मितिः ९ असार २०८१, आईतवार १२:४९
जुम्लाको सिंजा उपत्यकामा रोपिएको मार्सी धान । विश्वकै अग्लो स्थानमा फल्ने मार्सीलाई देशविदेशमा नासोका रुपमा पठाईने गरिन्छ । यो धानको चामल रातो हुने गर्दछ ।