☰ open Loading... 29 March 2024|  

प्रदेश खबर

प्रधानमन्त्रीले विश्वासको मत लिने

प्रधानमन्त्रीले विश्वासको मत लिने

    प्रकाशित मितिः १९ बैशाख २०७८, आईतवार १८:३९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका हुन् ।
नेपालमा थपिए ७ हजार २सय११ जना कोरोना संक्रमित

नेपालमा थपिए ७ हजार २सय११ जना कोरोना संक्रमित

    प्रकाशित मितिः १९ बैशाख २०७८, आईतवार १७:५९
काठमाडौं -नेपालमा आइतबार मात्र सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १६ हजार १४७ पीसीआर परीक्षणका क्रममा ७ हजार १ सय ३७ र ६२३ एन्टीजेन परीक्षणका क्रममा ७४ जनामा कोरोना पुष्टि भएको हो ।   योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ३६ हजार ३० पुगेको छ ।त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा तीन हजार तीन सय २५ जना
गाउँपालिकाको आफ्नै एम्बुलेन्स

गाउँपालिकाको आफ्नै एम्बुलेन्स

    प्रकाशित मितिः १९ बैशाख २०७८, आईतवार १५:२९
दैलेख -भैरवी गाउँपालिका – ५ का वडाअध्यक्ष हेमलाल जैसीले आफ्नै पहलमा वडामा सुविधासम्पन्न एम्बुलेन्स स्थानीय हर्षित भएका छन्। भैरवी गाउँपालिकाको डाँडीमाडी बजारमा एम्बुलेन्सबाट झरेका वडाअध्यक्षलाई स्थानीयले टिका माला लगाएर भव्य स्वागत गरेका हुन् । त्यसको लगत्तै स्थानीयले एम्बुलेन्सलाई पनि पुजा गरे । यो एम्बुलेन्स दैलेखमै सुविधासम्पन्न पहिलो एम्बुलेन्स हो । वडाअध्यक्ष जैसीले आफ्नै पहलमा एम्बुलेन्स
निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन

निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन

    प्रकाशित मितिः १९ बैशाख २०७८, आईतवार १५:२३
  सुर्खेत -कोरोना संक्रिमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमितको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ।कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै एम्बुलेन्स सेवाका साथसाथै ५० बेडको अक्सिजन सहितको आइसोलेसन अस्पताल संचालन गर्ने निर्णय गरेको हो। आइतबार प्रदेश अस्पताल कालागाउँमा कार्यरत बाल रोग विशेषज्ञ तथा कोरोना फोकलपर्सन डा।नवराज केसी र डक्ट
लुम्बिनीमा एकल बहुमतको सरकारमा एमालेको दाबी

लुम्बिनीमा एकल बहुमतको सरकारमा एमालेको दाबी

    प्रकाशित मितिः १९ बैशाख २०७८, आईतवार १०:३८
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकार गठनमा दाबी गरेका छन् ।आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने उनको दाबी छ ।   पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले भने, ‘एमालेको एकल सरकार बनाउने गृहकार्यअनुसार मुख्यमन्त्रीले राजीनामा दिनु भएको हो ।’दाङ क्षेत्र नम्बर २ (क)
लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

    प्रकाशित मितिः १९ बैशाख २०७८, आईतवार १०:२३
काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। मुख्यमन्त्री पोखरेलले बुझाएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरेका छन्। नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जनाएको छ। उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा०ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीविरुद्धको अविश्वास प

कोरोनाबाट बच्न प्रयोग गर्नुस् यस्ता आयुर्वेदिक औषधि

    प्रकाशित मितिः १९ बैशाख २०७८, आईतवार ०९:१९
कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर धेरैको ध्यान गएको छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन आयुर्वेद चिकित्सकहरूको सुझाव छ । यसका लागि जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि सेवन गर्न राजधानीको नरदेवीस्थित केन्द्रीय आयुर्वेद चिकित्सालय निर्देशक डा. प्रदीप केसी जोड दिन्छन् ।
पार्किङ गरिएको कारमा तीन बालकको शव फेला

पार्किङ गरिएको कारमा तीन बालकको शव फेला

    प्रकाशित मितिः १९ बैशाख २०७८, आईतवार ०७:५८
दाङ - पार्किङ गरिएको कारमा तीन बालक मृत फेला परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा तीन बालक मृत फेला परेका हुन् । उनीहरुलाई शनिबार राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।बालक मृत फेला परेको कार लामो समयदेखि त्यस स्थानमा पार्किङमा राखिएको प्रहरीले बताएको छ ।
दैलेखमा थप २४ जनामा कोरोना संक्रमण

दैलेखमा थप २४ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः १८ बैशाख २०७८, शनिबार १८:४६
दैलेख - शनिवार थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दैलेख अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा ३५ जनामा गरिएको आरटी–पीसीआर परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो । एन्टिजेन परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले बताए । दुल्लु नगरपालिकामा ७, नारायण नगरपालिकामा एक, आठबीस नगरपालिकामा २ र नौमूले १ जनामा कोरोना संक
नेपालमा थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण

नेपालमा थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः १८ बैशाख २०७८, शनिबार १८:३८
काठमाडौं- नेपालमा शनिबार थप पाँच हजार सात सय ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ४०३ पीसीआर परीक्षणका क्रममा ५ हजार सात सय ६ जना र ५६६ एन्टीजेन परीक्षणका क्रममा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख २८ हजार ८९३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ भने नेप