☰ open Loading... 19 April 2024|  

प्रदेश खबर

कर्णालीमा थप १२ जनामा कोरोना

    प्रकाशित मितिः ३० कार्तिक २०७७, आईतवार १९:४१
कर्णालीमा पछिल्लो २४ घण्टाभित्र १२ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सल्यानका आठ र दैलेखका चारजनामा कोरोना भाइरस पुष्टि भएको हो । अइतबार प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको स्वाब परीक्षणमा सल्यानका आठ र दैलेख अस्पतालमा गरिएको स्वाब परीक्षणमा चारजनामा कोरोना भाइरस देखिएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै कर्णाली पाँच हजार सात ६० जनामा कोरोना

श्रीचौरबाट १५ जना जुवाडे पक्राउ

    प्रकाशित मितिः ३० कार्तिक २०७७, आईतवार १९:२९
सुर्खेत । पञ्चपुरी नगरपालिकाका एक वडाध्यक्ष र वडा सदस्यसहित १५ जना जुवाको खालबाट पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका-२, का वडाध्यक्ष जगत विसी, वडा नम्बर ३ का वडासदस्य चन्द्रवीर रावतसहित १५ जनालाई शनिबार राति जुवा खेलिरहेको अवस्थामा प्रहरीले श्रीचौरबाट पक्राउ गरेको हो । जुवाको खालबाट तीन लाख बढी नगद रुपैयाँ पनि बरामद गरिएको छ । जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रकाउ गरिएको इलाका प्रहरी कार्य

कर्णालीमा आज ८५ जनामा कोरोना देखियो

    प्रकाशित मितिः २९ कार्तिक २०७७, शनिबार १८:३९
कर्णाली । कर्णालीमा पछिल्लो २४ घण्टाभित्र ८५ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वाब परीक्षण गर्दा प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ६३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १४, दैलेख अस्पतालमा एक र चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिमका सातजनामा कोरोना भाइरस पुष्टि भएको हो । स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यानमा ३०, सुर्खेतमा २२, जुम्लामा
श्रीनगर ७ दिनसम्म सिल हुने

श्रीनगर ७ दिनसम्म सिल हुने

    प्रकाशित मितिः २९ कार्तिक २०७७, शनिबार १६:०९
सल्यान । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर सात दिनसम्मका लागि सिल गरिएको छ । बजारभित्र कोरोना भाइरस देखिएपछि शनिबार बसेको जिल्ला सुरक्षा समितिले श्रीनगर सिल गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार श्रीनगर सिल गरिएको बताइएको छ । श्रीनगरबाट कोरोना भाइरस परीक्षणका लागि ४६ जनाको स्वाब संकलन गरिएको थियो । तिमध्ये ३३ जनामा कोरोना भाइरस पुष्टि भएपछि श्रीनगर सिल गर्ने निर्णय भएको जिल्ला प्रहर

युवा मृत फेला

    प्रकाशित मितिः २९ कार्तिक २०७७, शनिबार १३:२८
दैलेख । दैलेखमा एकजना युवक शुक्रबार साँझ मृत अवस्थामा भेटिएका छन् । नारायण नगरपालिका-२ कुसाडाका ३४ वर्षीय राजकुमार राना मृत अवस्थामा भेटिएका हुन् । घरदेखि २२ गतेदेखि सम्पर्कविहीन भएका उनको शव सोही वडाको त्याजे खोलाको पानीमा डुबेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता इन्द्रजित सुनारले जानकारी दिए । मृतक राजकुमारको मानसिक अवस्थासमेत सन्तुलन ठीक नभएको उनको भनाइ छ । मानसि
बिरामीलाई जोगाएर आफू गए एम्बुलेन्स चालक

बिरामीलाई जोगाएर आफू गए एम्बुलेन्स चालक

    प्रकाशित मितिः २९ कार्तिक २०७७, शनिबार १३:२१
रमेश रावल वीरेन्द्रनगर । कालीकोटमा बिहीबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकले आफ्नो ज्यान फालेर बिरामी र तीनजना कुरुवालाई जोगाएका छन् । कालीकोटको खाँडाचक्र नगरपालिका-११ चौखोलाबाट बिरामी बोकेर आएको कर्णाली प्रदेश ०२००१च०१९२ नम्बरको एम्बुलेन्स खाँडाचक्र-८ को सेरावाडामा बिहीबार राति दुर्घटना भएको हो । दुर्घटनामा चालक ३३ वर्षीय खगेन्द्र शाहीको मृत्यु भएको छ । उनले एम्बुलेन्समा रहेका बिरामी र तीन

वीरेन्द्रनगरको ९ वडामा प्रहरी विट स्थापना

    प्रकाशित मितिः २९ कार्तिक २०७७, शनिबार ११:५९
वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को दक्षिण क्षेत्र चाँदन चौकीमा आज प्रहरी विटको स्थापना गरिएको छ । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयको सहयोगमा चाँदन चौकीमा सुरक्षा दृष्टीकोणलाई मध्यनजर गर्दै प्रहरी विटको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदी र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र प्रसाद भट्टले संयुक्तरुपमा प्रहरी विटको उद्घाटन गर्नुभएको हो । कार्यक्रमक

वीरेन्द्रनगरमा कोरोनाले लियो एक जनाको ज्यान

    प्रकाशित मितिः २९ कार्तिक २०७७, शनिबार १०:२३
कोरोना भाइरस संक्रमणका कारण सुर्खेतका एकजना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-८, का ८० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । उनको २३ गते कोरोना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि २४ गते प्रदेश अस्पताल कालागाउँमा भर्ना गरिएको थियो । मृतक पुरुषको अस्पताल भर्ना हुँदा अक्सिजन स्याचुरेसन न्यून रहेको स

५ दिन बागचौर नगरपालिका सिल

    प्रकाशित मितिः २७ कार्तिक २०७७, बिहीबार १८:२२
सल्यान । नगरभित्र लक्षणसहितका कोरोना भाइरसका संक्रमित देखा पर्न थालेपछि बागचौर नगरपालिकाले नगर सिल गरेको छ । बिहीबारदेखि मंसिर ५ गतेसम्म १० दिनका लागि सिल गरिएको हो । नगरभर तथा बाहिरका कोही पनि उच्च जोखिममा नपरुन् भनेर सिल गर्ने सूचना प्रकाशन गरिएको बाग्चौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले बताए । उनले नगरपालिकाले तथा अन्य कार्यालयले दिने अत्यावश्यक सेवाबाहेक नगरपालिकाभित्र सञ्चालित विद्यालय

तीन दिनभित्र क्रसर उद्योगको कागजात बुझाउन निर्देशन

    प्रकाशित मितिः २६ कार्तिक २०७७, बुधबार १७:५५
 जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा गरेको उद्योग दर्तासम्बन्धी कागजात पेस गर्न अनुरोध गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले उक्त अनुरोध गरेको हो । मंगलबार मन्त्रिपरिषद्ले सबै जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको थि