रारामा ३८ लाख रुपैयाँ राजस्व सङ्कलन
प्रकाशित मितिः ३२ श्रावण २०७६, शनिबार १५:५९
मुगु : रारा राष्ट्रिय निकुञ्ज कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा ३८ लाख राजस्व सङ्कलन गरेको छ। रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क, दण्ड जरिवाना, काठ पुर्जी, ढुङ्गा, बालुवा, गिट्टी तथा तालमा डुङ्गा चलाएको २० प्रतिशत रकमबापत उक्त राजस्व सङ्कलन गरिएको हो।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत यज्ञराज रोकायाका अनुसार गत आर्थिक वर्षमा ४६५ बाह्य तथा १२ हजारभन्द