☰ open Loading... 26 February 2021|   शुक्रबार, फाल्गुन १४, २०७७

प्रदेश खबर

कतारमा जाजरकोट प्रबाशिय सेवा समाज गठन

कतारमा जाजरकोट प्रबाशिय सेवा समाज गठन

    प्रकाशित मितिः बुधबार, भदौ २९, २०७३       |
वैदेशिक रोजगारीमा कतार पुगेका जाजरकोटीहरुले जाजरकोट प्रबाशिय सेवा समाज गठन गठन गरेका छन् । जाजरकोटबाट कतार पुगेकाहरु विच एकता गर्न र यहाँ आई पर्ने समस्याहरुको समाधान गर्ने हेतुले समाज गठन गरिएको हो । प्रेम बहादुर रावतको अध्यक्षता नयाँ कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मान बहादुर रावल र जय बहादुर शाही, सचिवमा लक्ष्मण रसाइली तथा सह–सचिवमा होम बहादुर पुन र कोषाध्यक्षमा जेना पुन छन् ।
भेरीगंगामा दमकल आयो

भेरीगंगामा दमकल आयो

    प्रकाशित मितिः बुधबार, भदौ २९, २०७३       |
सुर्खेतको भेरीगंगा नगरपालिकाले आगलागी नियन्त्रण गर्ने दमकल भित्राएको छ । जिल्लाको जेठो नगरपालिका र प्रदेश नम्बर ६ को सम्भावित राजधानी वीरेन्द्रनगर नगरपालिकाले हालसम्म दमकल छैन् । मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम भएर पनि वीरेन्द्रनगर दमकलविहिन छ । तर नगरपालिका घोषणा भएको केही वर्षमा नै भेरीगंगा नगरपालिकामा दमकल आएको खवर साझा विसौनी दैनिकमा छ । भारतीय राजदुतावासको सहयोगमा स्थानीय विकास मन्त्रालयल
खच्चड हिडेपछि पुल जिर्ण

खच्चड हिडेपछि पुल जिर्ण

    प्रकाशित मितिः मङ्लबार, भदौ २८, २०७३       |
जिल्ला सदरमुकाम गमगढी र जिल्लाको रुगा गाविससहित अन्य गाविस जाने बाटोको मुख्य पुलमा खच्चड हिडाउन थालेपछि जिर्ण बनेको छ । रुगा, सोरु गाविससहित हुम्ला जिल्ला जाने मुख्य पुलमा दैनिक दुइसय खच्चड भारीसहित हिडाउँदा पुल जिर्ण बन्दै गएको स्थानीयले बताएका छन् । खच्चड हिडेपछि पुल जिर्ण बन्न थालेपछि स्थानियहरु जोखिम उठाएर यात्रा गर्न बाध्य छन् । दैनिक जसो पुलबाट खच्चडहरु आवतजावत गरिरहने भएकाले पुलको स्तर खस्
दैवी प्रकोप उद्धार सामग्री हस्तान्तरण

दैवी प्रकोप उद्धार सामग्री हस्तान्तरण

    प्रकाशित मितिः मङ्लबार, भदौ २८, २०७३       |
विपद्को समयमा आवश्यक पर्ने विभिन्न सामाग्रीहरु दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको छ । दलित विकास समाज सल्यानद्धारा संचालित पहल कार्यक्रम अन्तरगत समितिलाई ति सामग्री हस्तान्तरण गरिएको हो । पहल कार्यक्रमका जिल्ला संयोजक गोकर्ण देवकोटाले सल्यानका प्रमुख जिल्ला अधिकारी एवं दैवी प्रकोप उद्धार समितिका अध्यक्ष दुर्गादत्त पौडेललाई विपद्को समयमा आवश्यक उद्धार सहयोग सामाग्री हस्तान्तरण गरेका हुन
चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर एकको मृत्यु

    प्रकाशित मितिः मङ्लबार, भदौ २८, २०७३       |
चट्याङ लागेर दाङमा एक जनाको मृत्यु भएको छ । दुईजना घाईते भएका छन् । सोमवार राती परेको चट्याङले बाघमारे–३ का १६ बर्षीय पवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । चट्याङ लागेर घाईते भएका पवनको मंगलवार बिहान राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, चट्याङ लागेर पवनकी आमा ३९ बर्षीया जुद्वकुमारी केसी र दिदी रेणुका घाईते भएका छन् । उनीहरु
समयमै काम सम्पन्न गर्न घडि उपहार

समयमै काम सम्पन्न गर्न घडि उपहार

    प्रकाशित मितिः मङ्लबार, भदौ २८, २०७३       |
स्थानीय स्तरका कामहरु लाई अझै पारदर्शिता, जवाफदेही र समयमै सम्पन्न गर्न का लागि आज घडी उपहार दिईएको छ । तालिममा सहभागी भएका युवाहरूले खाजा खर्च बाट रकम जुटाएर उपहार हस्तान्तरण गरिएको हो । घडी हस्तान्तरण गर्दै ग्रामीण एकता युवा समूह तथा संजाल का अध्यक्ष अमर कार्की ले बाबियाचौरमा भईरहेका बिकास निर्माण का काम जो कोहिले पनि समयमै गर्नुपर्ने र यसको सुरुवात युवाहरुबाट नै सुरु गर्ने बताएका छन् । यु
महिलाको शव खोलामा भेटियो

महिलाको शव खोलामा भेटियो

    प्रकाशित मितिः मङ्लबार, भदौ २८, २०७३       |
दैलेखको रानीवन गाविस–९ की अन्दाजी १३ वर्षीय ऋति सिंहको शव खोलामा भेएिको छ । घरबाट राती एक्काशी हिडेकी सिंहको भैरीकालिनकाथुम १ को छामघाट खोला नजिक शव भेएिको दैलेख प्रहरीले जानकारी दिएको धमाका दैनिकमा खवरमा छ । आफन्तका अनुसार उनी बेला बेलामा घरबाट हिड्ने गरेकी थिईन् । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।
श्रीमतिसंगै सुतेका पती खोलामा मृत भेटिए

श्रीमतिसंगै सुतेका पती खोलामा मृत भेटिए

    प्रकाशित मितिः सोमवार, भदौ २७, २०७३       |
भदौ–राति एउटै घरमासँगै सुतेका पति विहान खोलाको बगरमा मृत फेला पर्दा पत्नीको मन कस्तो होलारु कल्पना गर्न नसकिने यस्तै घटना रोल्पामा भएको छ । कोर्चाबाङ–५ निमृकी ३६ वर्षीय पूर्णकुमारी पुनमगरलेसँगै सुतेका पतिलाई विहान ओछ्याउनमा फेला पारिनन् । ब्यूझँदा ओछ्याउनमा पति नदेखेपछि खोजी गर्न थालिन् । बिरामी पति नदेख्दा जति मन कुँडिएको थियो, उनलाई त्यो भन्दा धेरै पीडा माडी खोलाको बगरमा पति मृत फेला परेको खबर
भरुवा बन्दुसहित एक पक्राउ

भरुवा बन्दुसहित एक पक्राउ

    प्रकाशित मितिः सोमवार, भदौ २७, २०७३       |
भरुवा बन्दुकसहित सल्यानमा एक जना पक्राउ परेका छन् । मुलखोला–९ मैनेनीका नन्न पुन एक थान बन्दुकसहित सोमबार पक्राउ परेका हुन् । १ महिना अघि स्थानीय गोविन्द पुन र देव वहादुर पुनसँग उनको छोरा याम वहादुर पुनको विवाद भए पछि नन्न पुनले वन्दुकले हान्ने प्रयास गरेको आरोपसहितको उजूरी प्रहरी कार्यालयमा दर्ता भएको थियो । गोविन्द र देव बहादुरको जाहेरीकै आधारमा सोमवार पक्राउ गरेको सल्यान प्रहरीले जनाएको छ ।
सेतीबाडाको अध्यक्षमा भाम

सेतीबाडाको अध्यक्षमा भाम

    प्रकाशित मितिः सोमवार, भदौ २७, २०७३       |
मालिका प्रथामीक बिद्यालय सेतिवाडाको विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा नरेश भाम निर्वाचित भएका छन । मुगु जिल्लाको कार्कावाडा गाविस वडा नं १–४ सम्मका विद्यार्थी अध्ययनरत हुने सेतीबाडामा नयाँ नेतृत्व चयन गरेको हो । शिक्षक, अभिभाव र बुद्धिजीविको सहभागिता रहेको कार्यक्रममा भामकोे अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सचिवमा विद्यालयका प्रधानाध्यापक दुर्गा बहादु रा