☰ open Loading... 14 April 2021|   बुधबार, बैशाख १, २०७८

प्रदेश खबर

शारदा नगरपालिकामा पञ्चबर्षे आबधिक विकास योजना

शारदा नगरपालिकामा पञ्चबर्षे आबधिक विकास योजना

    प्रकाशित मितिः शुक्रबार, भदौ ३१, २०७३       |
सल्यानको पहिलो नगरपालिका शारदा नगरपालिकाले आर्थिक बर्ष २०७३÷०७४ देखि २०७७÷०७८ सम्मका लागि पञ्चबर्षे आबधिक नगर विकास योजना बनाउने भएको छ । जिल्लाको पहिलो नगरपालिकाको रुपमा स्थापित भएसंगै नगरलाई सुन्दर तथा सम्पूर्ण विकास निर्माणका कामहरुलाई जनतामुखी बनाउने उद्देश्यले यस्तो योजना अघि ल्याएको हो । नगरपालिकाको दिर्घकालिन योजना अनुरुप योजना तर्जुमा कार्यशाला गोष्ठी श्रीनगरमा शुरु भएको छ । नगरपालिका
सडकमा छाडा चौपायको राज

सडकमा छाडा चौपायको राज

    प्रकाशित मितिः शुक्रबार, भदौ ३१, २०७३       |
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर क्षेत्र भित्रमा रहेका छाडा चौपायाले गर्दा पूर्व–पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा यातायात सञ्चालन गर्न सवारी चालकलाई समस्या भएको छ । छाडा चौपायाको कारण यस क्षेत्रमा दुर्घटनासमेत बढ्दै गएका छन् । कञ्चनपुरस्थित पूर्व–पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा छाडा चौपायाको कारण सडक दुर्घटना बढेको छ । ठुलो संख्यामा छाडा चौपायाहरु बथानका बथान रामार्गमा हिड्ने र जताततै बस्ने गर
छापामार शैलीमा नेपालमा आतंक मच्चाउदै भारती प्रहरी

छापामार शैलीमा नेपालमा आतंक मच्चाउदै भारती प्रहरी

    प्रकाशित मितिः शुक्रबार, भदौ ३१, २०७३       |
प्रधानमन्त्री लगायतको १२५ सदस्यीय भ्रमणदल भारतको राजकीय भ्रमणमा रहँदा यता कञ्चनपुरको दक्षिणी क्षेत्रमा हतियार सहित आएका भारतीय प्रहरीहरुले यस क्षेत्रमा रहेका नेपाली जनताको घरघरमा छापामार शैलीमा प्रबेश गरी आतंक मच्चाएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नं. १४ को भुडा गाउँमा भारतीय प्रहरीले बिहिबार अबेर साँझपख घरघरमा छापा मारेर आतंक मचाएको हो । भारतीय प्रहरी हतियार सहित नेपाली ज
भव्य रुपमा संविधान दिवस मनाउने तयारी गर्दै जिविस सुर्खेत

भव्य रुपमा संविधान दिवस मनाउने तयारी गर्दै जिविस सुर्खेत

    प्रकाशित मितिः बिहिबार, भदौ ३०, २०७३       |
आगामी असोज २, ३ र ४ गर्ने भव्य रुपमा संविधान दिवस मनाउने निर्णय जिल्ला विकास समिति सुर्खेतले गरेको छ । समितिको बिहिबार बसेको बैठकले आगामी १ गते भित्र सरकारी कार्यालय, संघ संस्था, नागरिक समाज लगायतलाई के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने जानकारी दिन परिपत्र समेत गरेको छ । यस्तै, जिल्ला विकास समितिले नगरपालिका र गाविसलाई समेत स्थानीय स्तरमा कार्यक्रम गरेर संविधान दिवस मनाउन अनुरोध गरेको स्थ
अछामीडाँडाबाट २ लाखको चिरान काठ बरामद

अछामीडाँडाबाट २ लाखको चिरान काठ बरामद

    प्रकाशित मितिः बिहिबार, भदौ ३०, २०७३       |
जिल्ला वन कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ अछामी डाँडाबाट चिरान काठसहित एक जनालाई पक्राउ गरेको छ । अवैध रुपमा भेरी नदी पारीबाट ल्याएको चिरान काठसहित वीरेन्द्रनगर १३ अमृतडाँडा बस्ने प्रेमबहादुर ओलीलाई पक्राउ गरेको हो । जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत सुर्य शर्माका अनुसार वन कार्यालयको लामो प्रयासपछि ३९ क्युफिट काठ बरामद गरेको हो । बरामद गरेको काठको बजार मुल्य १
बिशुन्केलाई राष्ट्रिय पुरस्कार

बिशुन्केलाई राष्ट्रिय पुरस्कार

    प्रकाशित मितिः बिहिबार, भदौ ३०, २०७३       |
दलित महिला संघ दैलेखका अध्यक्ष अधिकारकर्मी पार्वती बिशुन्केलाई बालबालिकाको हक, हित र अधिकार सम्वद्र्धनमा देशभरकै जिल्ला बाल कल्याण समितिका सदस्य मध्ये उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कार दिइएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा काठमाण्डौंमा आयोजित एक औपचारिक समारोहमा राष्ट्रपति बिद्यादेवी भण्डारीको हातबाट २० हजार १ सय १ रुपैंयाँको पुस्कार र सम्मानपत्र दिइएको केन्द्रीय बाल कल्याण समितिका कार्यकारी
सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती (फोटोफिचर)

सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती (फोटोफिचर)

    प्रकाशित मितिः बुधबार, भदौ २९, २०७३       |
वीरेन्द्रनगरको एयरपोर्ट चौकदेखि धुलियाविट सडक खण्ड हिलाम्मे हुँदा यात्रुलाई आवतजावतमा सास्ती हुने गरेको छ । फोरलेन सडक विस्तारको क्रममा निर्माण कम्पनीले थुपारेको माटो पानीले बगाएर सडकमा ल्याएपछि आवत जावतमा सामस्या भएको हो । धुलियाविट चौकमा एकतर्फी सडक सुचारु भएपछि यात्रु र सवारी सञ्चालनमा गर्नमा थप समस्या भएको छ । केही दिन परेको पानीले यो सडक खण्ड पूरै हिलाम्मे बनेको छ । थप तस्वीर हेर्नुहोस् ।
भैंसीलाई स्याउ !

भैंसीलाई स्याउ !

    प्रकाशित मितिः बुधबार, भदौ २९, २०७३       |
बाजुराको जुकोटमा यो वर्ष पोहोरभन्दा दोब्बर उत्पादन भएपछि गाउँभरि स्याउकै छेलोखेलो छ । बिक्रीका लागि बजार भने छैन । बेच्न नपाएर स्याउका दाना बारीमै कुहिन थालेपछि किसानहरू चौपायालाई आहारका रूपमा खुवाउँदै छन् । जुकोटमा अधिकांश परिवारका २र४ सय वटासम्म स्याउका बोट छन् । लटरम्म फलेका दानाले स्याउबारी राताम्मे देखिन्छन् । बजार पुर्‍याउन सके स्याउबाटै लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने यहाँका किसानहरूको आम
कतारमा जाजरकोट प्रबाशिय सेवा समाज गठन

कतारमा जाजरकोट प्रबाशिय सेवा समाज गठन

    प्रकाशित मितिः बुधबार, भदौ २९, २०७३       |
वैदेशिक रोजगारीमा कतार पुगेका जाजरकोटीहरुले जाजरकोट प्रबाशिय सेवा समाज गठन गठन गरेका छन् । जाजरकोटबाट कतार पुगेकाहरु विच एकता गर्न र यहाँ आई पर्ने समस्याहरुको समाधान गर्ने हेतुले समाज गठन गरिएको हो । प्रेम बहादुर रावतको अध्यक्षता नयाँ कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मान बहादुर रावल र जय बहादुर शाही, सचिवमा लक्ष्मण रसाइली तथा सह–सचिवमा होम बहादुर पुन र कोषाध्यक्षमा जेना पुन छन् ।
भेरीगंगामा दमकल आयो

भेरीगंगामा दमकल आयो

    प्रकाशित मितिः बुधबार, भदौ २९, २०७३       |
सुर्खेतको भेरीगंगा नगरपालिकाले आगलागी नियन्त्रण गर्ने दमकल भित्राएको छ । जिल्लाको जेठो नगरपालिका र प्रदेश नम्बर ६ को सम्भावित राजधानी वीरेन्द्रनगर नगरपालिकाले हालसम्म दमकल छैन् । मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम भएर पनि वीरेन्द्रनगर दमकलविहिन छ । तर नगरपालिका घोषणा भएको केही वर्षमा नै भेरीगंगा नगरपालिकामा दमकल आएको खवर साझा विसौनी दैनिकमा छ । भारतीय राजदुतावासको सहयोगमा स्थानीय विकास मन्त्रालयल