☰ open Loading... 20 April 2024|  

प्रदेश खबर

हत्यारालार्इ कारवाहीकाे माग गर्दै प्रर्दशन

हत्यारालार्इ कारवाहीकाे माग गर्दै प्रर्दशन

    प्रकाशित मितिः २० भाद्र २०७४, मंगलवार १०:४७
कालिकाेट । तीन दिन बन्धक बनाएर बलात्कारपछि युवतीकाे हत्या गरिएको विरोधमा कालिकोटमा प्रदर्शन गरिएको छ । विरोध र्‍यालीमा नागरिक समाज, मानव अधिकारकर्मी, सञ्चारकर्मी र युवतीका आफन्तले बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । ट्रक साहू तथा चालक आचार्यले युवतीलाई होटलमा बन्धक बनाएर बलात्कारपछि मरणासन्न हुँदा मुखमा विष हालिदिई हत्या गरेको आफन्तको आरोप छ । आफन्तले सामूहिक बलात्कारपछि हत्य
मझधारमा एमयु

मझधारमा एमयु

    प्रकाशित मितिः १९ भाद्र २०७४, सोमबार ११:४६
चिन्तामणि शर्मा सुर्खेत । माथि उल्लेखित समाचार शिर्षकहरु राष्ट्रिय दैनिक कान्तिपुरमा प्रकाशित भैसकेको छन् । यस बाहेक पनि दैनिक जसो राष्ट्रिय मिडियाहरुमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नीजि कलेजलाई सम्बन्धन दिने बारेमा समाचारहरु प्रकाशित भैरहेको छन् । आजकल कुनै विषय बारेमा सुर्खेतमा छलफल हुन्छ भने, त्यो हो मप विश्वविद्यालयको सम्बन्धन बारेको समाचार । हरेक चिया पसल चौक चौताराहरुमा मप विश्व विद्य
तीन दिन बलात्कार गरेर युवतीकाे हत्या

तीन दिन बलात्कार गरेर युवतीकाे हत्या

    प्रकाशित मितिः १८ भाद्र २०७४, आईतवार १८:२६
दैलेख । कालिकोटकी एक यूवतीलाई ३ दिन दैलेखको आठविस नगरपालिका खिड्कीज्यूलामा तिन दिन बलात्कार गरेपछि विष खुवाएर हत्या गरिएको छ । एक होटलमा विखुवाएर छटपटि परिरहेको अवस्थामा स्थानीयहरुले उपचारका लागि ल्याउँदै गर्दा ती यूवतीको बाटोमा मृत्यु भएको हो । दैलेख प्रहरीका अनुसार स्थानीय होटल कोठामा पुग्दा अर्धनग्न अवस्थामा छटपटिहरेको अवस्थामा भेटिएकी थिईन् । कालीकोटकी अन्दाजी २० वर्षकी (नाम परिवर्तन) रुपाको
मुगु जाने सडक अवरूद्ध हुँदा स्याउ ढुवानीमा समस्या

मुगु जाने सडक अवरूद्ध हुँदा स्याउ ढुवानीमा समस्या

    प्रकाशित मितिः १८ भाद्र २०७४, आईतवार १०:३१
मुगु । कर्णाली राजमार्गको गमगढी–नाग्मा सडक सुचारु नहुँदा किसानलाई स्याउ ढुवानीमा समस्या भएको छ । बगैंचामा स्याउ पाकेर बिक्री गर्ने बेला भए पनि सडक नखुल्दा नेपालगन्ज र सुर्खेत लैजान कठिनाइ भएको किसानहरूको गुनासो छ । ढुवानी समस्याका कारण स्याउ कुहिन थालेका छन् । ताल्चा, कालापाल्ता, मैतु, कार्कीबाडा तलितुम, झापागार्डलगायत बस्तीहरूमा स्याउ पाकेर खेर जान थालेको किसानहरूले बताएका छन् । वर्षाका कारण साउ
कालीकोटका विद्यार्थीलाई छात्रवृति

कालीकोटका विद्यार्थीलाई छात्रवृति

    प्रकाशित मितिः १८ भाद्र २०७४, आईतवार १०:११
काठमाडौँ । सुन्दर कालीकोट : समृद्ध कालीकोट नामक संस्थाले कालीकोटका विभिन्न विद्यालयमा अध्ययनरत पाँच उत्कृष्ट छात्रछात्रालाई शनिबार यहाँ आयोजित कार्यक्रममा छात्रवृत्ति प्रदान गरेको छ । विसं २०७३ को एसइई परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने पञ्चवीर माध्यमिक विद्यालयका छात्रा समृद्धि बोहरा जिल्ला प्रथम हुनुभएको छ । उहाँलाई रु १० हजारको छात्रवृत्ति प्रदान गरिएको छ । कालीकोट जिल्लामा द्वित
बर्षेनी कर्णाली राजमार्गमा नयाँ पहिराे, यात्रुलार्इ सास्ती

बर्षेनी कर्णाली राजमार्गमा नयाँ पहिराे, यात्रुलार्इ सास्ती

    प्रकाशित मितिः १८ भाद्र २०७४, आईतवार ०९:५४
गोविन्द देवकोटा जुम्ला । राजमार्ग सञ्चालनमा आएको एक दशक बढी हुँदा कर्णाली राजमार्गमा वर्षेनी नयाँ पहिरो जाने गरेका छन् । कमजोर भौगोलिक बनावट र सडक निर्माणका समयमा ब्लास्टीङ्ग गरिएका कारण वर्षेनी नयाँ ठाउँमा पहिरो जाने र सडक हप्तौसम्म अबरुद्ध हुने गरेको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार केही ठाउँमा पहिलेदेखि पहिरो खस्ने भएपनि पछिल्लोद दुईवर्षयता नयाँ ठाउँमा पहिरो खस्न थालेको छ ।  यसअघि दह
दैलेख अाइपुगे नयाँ प्रहरी र प्रशासन प्रमुख

दैलेख अाइपुगे नयाँ प्रहरी र प्रशासन प्रमुख

    प्रकाशित मितिः १७ भाद्र २०७४, शनिबार १८:४९
दैलेख । दैलेखमा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी र जिल्ला प्रशासन कार्यालका प्रमुख जिल्ला अधिकारी नयाँ सरुवा भएर जिल्लामा काम गर्न थालेका छन् । उनीहरुलाई कर्मचारी मिलन केन्द्र र जिल्ला समन्वय समितिका प्रमुखले स्वागत गरेका हुन् । नयाँ आएका डिएसपी सरोज पौडेल र प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपालेलाई जिल्ला संमन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले शान्ति सुरक्षा र अमनचैन प्रभावकारी बनाई
लाेप हुँदै ढिकी, जाँतो र ओखल

लाेप हुँदै ढिकी, जाँतो र ओखल

    प्रकाशित मितिः १७ भाद्र २०७४, शनिबार १६:४१
दैलेख । आधुनिक मेसिनको प्रयोग बढेसँगै यहाँका ग्रामीण बस्तीमा समेत ढिकी, जाँतो र ओखल प्रयोग घट्दै गएको छ । गाउँ/गाउँमा अन्न कुटानी र पिसानीका लागि विद्युतीय र पानी मिल सञ्चालन हुन थालेपछि पुराना कुटानीपिसानीका साधन हराएका छन् । लोप हुँदै गएका ढिकीजाँतोको प्रयोग चाडपर्वमा मात्र हुन थालेको छ । आठबिस नगरपालिका १ सात्तलाकी माया शाहीले दशकअघिसम्म घरैपिच्छे ढिकीजाँतो भए पनि पछिल्लो समय भेट्नै मुस्किल
पुल नबन्दा यात्रुलार्इ सास्ती

पुल नबन्दा यात्रुलार्इ सास्ती

    प्रकाशित मितिः १७ भाद्र २०७४, शनिबार १६:३७
जाजरकाेट । जाजरकोट सडक निर्माण पूरा भएको १० वर्ष बितेको छ । बनगार, पासागाड, खोदा, गोजीखोलालगायत आधा दर्जनमा पुल बन्न सकेका छैनन् । सडकमा पर्ने खोलामा पुल निर्माण नहुँदा वर्षात्मा खोला बढेपछि यातायात अवरोध हुने गरेको छ । पानीको बहाव बढेर यातायात अवरोध हुँदा यात्रुलाई आवतजावतमै सास्ती भएको हो । सडकअन्तर्गत पर्ने सल्यानको सल्लीबजारस्थित बनगार खोलाले पटकपटक अवरोध गरेको छ । गत सातादेखि उक्त खोला उर्
एक सातादेखि मोबाइल फाेन सेवा अवरुद्ध

एक सातादेखि मोबाइल फाेन सेवा अवरुद्ध

    प्रकाशित मितिः १७ भाद्र २०७४, शनिबार १६:३२
डोल्पा । मुडेचुला ३ अदलेखस्थित नमस्ते मोबाइलको टावरमा खराबी आएपछि सातादेखि गाउँपालिकाका सबै वडा सम्पर्क बिच्छेद छन् । सञ्चारको एकमात्र सुविधा नमस्ते मोबाइल भए पनि टावर बिग्रिएपछि स्थानीयलाई सास्ती भएको हो । सर्मी, होर्त, ओक्ट, नर्कु, सुर, रिडिङ र कालिकालगायत गाउँ सम्पर्कविहीन बनेपछि स्थानीयको दैनिकीसमेत प्रभावित भएको छ । टावर बिग्रिँदा तत्काल प्राविधिक पठाएर मर्मत गर्न टेलिकमलगायत निकायमा आग्रह ग