☰ open Loading... 18 April 2024|  

प्रदेश खबर

कर्णाली प्रदेश अस्पतालमा पाठेघर सफा गर्ने भन्दै हिँडेर उपचार गर्न गएकी २१ वर्षीय युवतीको मृत्यु

कर्णाली प्रदेश अस्पतालमा पाठेघर सफा गर्ने भन्दै हिँडेर उपचार गर्न गएकी २१ वर्षीय युवतीको मृत्यु

    प्रकाशित मितिः २९ चैत्र २०८०, बिहीबार २२:२८
प्रदेश अस्पताल कालागाउँमा पाठेघर सफा गर्ने भन्दै उपचारमा गएकी युवतीको मृत्यु भएको छ । दैलेखको आठवीस नगरपालिका पिपलकोटकी २१ वर्षे युवती रिजुका बलामीको मृत्यु भएको हाे । अस्पतालले मृत घोषणा गर्दै शव बुझ्न परिवारलाई एक्कासि खबर गरेपछि पीडित परिवार आक्रोशित बनेका हुन् । ९ महिनाको बालिका बाहिर आफन्तलाई छोडेर बिहिवार बिहान रिजुका पाठेघरको सफा गर्न अस्पताल छिरेकी थिइन । रिजुकाको पाठेघरमा समस्या

मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी

    प्रकाशित मितिः २९ चैत्र २०८०, बिहीबार २२:२०
जुम्लाको गुठिचौर गाउँपालिका-४ थामबाडा गाउँका मरेको भेडाको मासु खाँदा एकै घरका ६ जना बिरामी परेका छन्। विषालु घाँस खाएर मरेकाे भेडाको मासु खाँदा उनीहरु बिरामी परेका हुन। बिरामी ६ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याइएको छ। तीन जना पुरुष र तीन जना महिला बिरामी परेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.पुजन रोकायाले बताए। उनका अनुसार बिरामी हुनेमा ४० वर
गाडिएको अवस्थामा ५३ राउन्ड गोली बरामद

गाडिएको अवस्थामा ५३ राउन्ड गोली बरामद

    प्रकाशित मितिः २९ चैत्र २०८०, बिहीबार २१:४५
सर्लाही सदरमुकाम मलंगवामा जमिनमुनि गाडिएको अवस्थामा ५३ राउन्ड गोली बरामद भएको छ। नेपाल भारत सीमा नजिक रहेको मलंगवा नगरपालिका ८ गोरखकालीमा सञ्चालनमा रहेको मोटरसाइकल ग्यारेज अगाडिको खाली जमिनबाट सर्लाही प्रहरीले बिहीबार ५३ राउन्ड गोली बरामद गरेको हो। गोरखकालीमा चन्द्रभूषण यादवको घरमा सर्लाहीकै ईश्वर नगरपालिका ५ का विजय महतोले सञ्चालन गरेको भोलेबाबा अटो पार्टस् तथा विजय रिपेयरिङ सेन्टर अगाडि रह

डुबेर २ जनाको मृत्यु

    प्रकाशित मितिः २९ चैत्र २०८०, बिहीबार १२:२४
दूधकोशी नदीमा डुबेर २ जनाको मृत्यु भएको छ। भोजपुर जिल्लाको आमचौक गाउँपालिका–१० स्थित दूधकोसी नदीमा बुधवार पौडी खेल्ने क्रममा २ जनाको डुबेर मृत्यु भएको प्रहरील जनाएको छ। भोजपुरका प्रहरी निरिक्षक विशाल लिम्बूका अनुसार बुधवार दिउँसो करिब १ बजेतिर दूधकोशी नदीमा पौडी खेल्ने क्रममा आमचोक–६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको डुबेर मृत्यु भएको हो। दर्जी ट्याक्सी चालक तथा राई सहचा
आगलागी हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

आगलागी हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

    प्रकाशित मितिः २९ चैत्र २०८०, बिहीबार ०८:११
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा पदमार्ग बनाउने क्रममा आगलागी हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ। रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माका अनुसार बुधवार दिउँसो करिब साढे ३ बजेतिर रन्मा गाउँदेखि पारीको चत्रा भीरमा पदमार्ग बनाउने क्रममा भीरबाट खसेका ढुङ्गा एकापसमा ठोक्किँदा आगलागी भएको स्थानीयले बताएका छन्। उनले घाइते भएकामध्य
कर्णालीसहित प्रदेशमा आजदेखि तीन दिनसम्मै वर्षा

कर्णालीसहित प्रदेशमा आजदेखि तीन दिनसम्मै वर्षा

    प्रकाशित मितिः २९ चैत्र २०८०, बिहीबार ०८:०६
आज देशका अधिकांश पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ। महाशाख
मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

    प्रकाशित मितिः २८ चैत्र २०८०, बुधबार २१:२४
रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङबो घले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका छन्। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई बुधबार पक्राउ गरेको हो। घले ०७३ सालदेखि फरार रहेको प्रहरीले जनाएको छ। उनीलगायतका व्यक्तिले एक महिलालाई कुबेत लैजाने भन्दै भारतको नयाँदिल्ली हुँदै श्रीलंकाको कोलम्बो पुर्याएर बन्धक बनाएका थिए। ती महिलाले प्रहरी र संघ संस्थाको सहयोगमा उद्धार भए
भेटियो साढे ६ किलोको ‘किङ कोब्रा’

भेटियो साढे ६ किलोको ‘किङ कोब्रा’

    प्रकाशित मितिः २८ चैत्र २०८०, बुधबार २१:१९
गुल्मीको सत्यावतीमा साढे ६ किलोको दुर्लभ किङ कोब्रा प्रजातिको सर्प भेटिएको छ। सत्यवती गाउँपालिका ६ जोहाङस्थित पुष्पा श्रेष्ठको किराना पसलभित्र दुर्लभ मानिएको किङ कोब्रा प्रजातिको सर्प भेटिएको हो। लगभग ३ मिटर लम्बाई भएको सर्पको वजन ६ किलो ७१५ ग्राम रहेको कालीगण्डकी चन्द्रकोट सब डिभिजन वन कार्यालयमा कार्यरत वन रक्षक नारायण थारुले जानकारी दिए। पसलभित्र रहेको किङ कोब्रालाई स्थानीय जनप्रतिनिधि
अन्ततः मुख्यमन्त्री बने यामलाल कँडेल

अन्ततः मुख्यमन्त्री बने यामलाल कँडेल

    प्रकाशित मितिः २८ चैत्र २०८०, बुधबार ०९:३१
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मङ्गलबार साँझ संविधानको धारा १६८ (२) अनुसार नेकपा एमाले संसदीय दलका नेता कँडेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । त्यसअघि मंगलबार नै कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका ९ (सभामुख बाहेक) प्रदेश सांसद छन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्र (१

दिदीबहिनी मृत भेटिए

    प्रकाशित मितिः २८ चैत्र २०८०, बुधबार ०७:३४
कैलालीमा दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका-१० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् । दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टल