कर्णालीमा एमआरआई मेसिनबाट सेवा सुरु
प्रकाशित मितिः २९ भाद्र २०८०, शुक्रबार १३:५४
कर्णाली प्रदेश अस्पताल सुर्खेतले नेपालकै सबैभन्दा उत्कृष्ट एमआरआई मेसिनबाट सेवा सुरु गरिएको छ ।
अस्पतालले लामो समयको गृहकार्यपछि २९ करोड ७१ लाख रुपैयाँको एमआरआई मेसिन खरिद गरेर शुक्रवारबाट सेवा सुरु गरेको हो । दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ्ग प्रोग्रामहरु इन्स्टल गरेर एमआरआई मार्फत सेवाहरू सञ्चालन गरिएको हो ।
आधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत स्पष्टसँग पहिचान गर्न सकिन्छ।