
टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
प्रकाशित मितिः ६ फाल्गुन २०८१, मंगलवार ०९:१८
क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो ।
उक्त विमान रनवेको किनारमा उत्तानो परेको छ । जहाँ बाक्लो हिउँ जमेको छ ।
स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे विमान पल्टिएको हो । उक्त विमानमा ८० यात्रु सवार थिए ।
बीबीसीका अनुसार यो दुर्घटनामा करिब १५ जना घाइते भएका छन् र तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।