
अपाङ्ग लक्षित बजेट भौतिक पूर्वाधारमा खर्च
प्रकाशित मितिः २४ माघ २०७३, सोमबार १३:५६
रोल्पा लक्षित वर्ग कार्यक्रमअन्तर्गत अपाङ्गका लागि छुट्याउने बजेट सो शीर्षकमा नछुट्याई भौतिक पूर्वाधारमा छुट्याउने गरेको पाइएको छ । जिल्लाका अधिकांश गाविसले गर्ने गाउँ परिषद्मा लक्षित वर्ग कार्यक्रमअन्तर्गत अन्य शीर्षकमा तोकिए बमोजिम बजेट विनियोजन गरे पनि अपाङ्गका लागि सीप विकास तथा सशक्तीकरणका लागि छुट्याउनु पर्ने बजेट भने बाटो, विद्यालय भवन तथा अन्य पूर्वाधारमा खर्च गर्ने गरेको अपाङ्ग कल्याण सम