अपाङ्गताले छेकेन भागीरामलाई
प्रकाशित मितिः १८ चैत्र २०७३, शुक्रबार १४:०५
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का २६ वर्षीय भागीराम चौधरी अपाङ्ग भए पनि सपाङ्ग व्यक्तिसरह कार्य गरेर परिवारको खर्च धान्दै आएका छन् ।
विद्युतीय सामग्री मर्मत गर्ने तालिम लिनुभएका उनले दैनिक रु एक हजार बढी कमाइ गर्दै आउएका छन् । बाल्यकालदेखि नै पक्षघातका कारण उनको कम्मरमुनिको भाग नचल्ने भएकाले परिवारका सदस्यले पसल खोली दिने र बन्द गर्ने कार्यमा सघाउने गरेका छन् ।
पसलमा बसेर चौधरीले