
अमेरिकामा ‘देश छाड’ भन्दै हत्या
प्रकाशित मितिः १४ फाल्गुन २०७३, शनिबार १७:०९
अमेरिकाको कान्सास राज्यस्थित एक रेस्टुरेन्टमा अमेरिकी पूर्वसैनिकले ‘मेरो देश छाड’ भन्दै एक भारतीय इन्जिनियरको गोली हानी हत्या गरेका छन् । कान्सासस्थित अस्टिन बार एन्ड ग्रिल नामक रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले गोली हानी भारतको हैदरावादका ३२ वर्षीय इन्जिनियर श्रीनिवास कुचिभोट्लाको हत्या गरेका छन् । घटनामा उनका साथी आलोक मदासिनी र गोली प्रहारको प्रतिकार गर्ने अमेरिकी नागरिक इयान ग्रिलोट