
स्वर्गद्वारीमा भक्तजनको घुइँचो
प्रकाशित मितिः २२ माघ २०७३, शनिबार १०:१०
प्युठान । आफूले जे माग्यो, त्यही प्राप्त हुने जनविश्वासले स्वर्गद्वारीमा भक्तजनको निकै भिड लाग्ने गरेको छ । खासगरी भारतको उत्तर प्रदेश र नेपालका भक्तजन आफूले चाहेको कुरा प्राप्त हुने विश्वास र जानी÷नजानी गरेका पाप पनि नष्ट हुने जनविश्वासका कारण यहाँ आउँछन् ।
स्वर्गद्वारीमा फागुनदेखि असारसम्म नेपाली भक्तजन तथा वैशाख, साउन र माघमा भारतीय भक्तजनको भिड लाग्ने गरेको छ । नेपाली भक्तजनको तुलनामा भ