
खोलाबाट अवैधरुपमा सामग्री निकासी गरे ६५ लाख जरिवाना
प्रकाशित मितिः २७ मंसिर २०७३, सोमबार ०९:४९
नवलपरासीको कावासोतीस्थित केरुङ खोलाबाट स्टक सामग्री भन्दै ‘अवैध’ रुपमा खोलाजन्य सामग्री निकासी गर्दै आएको सवृद्धि निर्माण सेवालाई रु ६५ लाख जरिवाना गर्ने जिल्ला अनुगमन समितिले निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बसेको अनुगमन समितिले अहिलेसम्मको खोलाको दोहनको प्राविधिक मूल्याङ्कनका आधारमा उक्त जरिवाना गरेको हो ।
खोलाको प्राविधिक मूल्याङ्कनमा १६ लाख २५ हजार घन