
शाहकाे हत्या आर्थिक प्रलोभनका भएकाे हाे : राज्यमन्त्री बानियाँ
प्रकाशित मितिः २१ चैत्र २०७३, सोमबार २२:३२
जाजरकोट । चैत १५ गते बेलुका विभत्सरुपमा हत्या गरिएका रवीन्द्र शाहको हत्या राजनीतिक नभई आर्थिक प्रलोभन र आपराधिक मानसिकताका कारण भएको गृहराज्यमन्त्री इन्द्र बानियाँले बताएका छन् ।
जाजरकोट सदरमुकाममा साेमवार नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । अहिले अनुसन्धानमा अपराध अनुसन्धान ब्युरो, विभिन्न प्रविधि प्रयोग भएका कारण हत्याराको पहिचान भइसकेको उनले बताए