☰ open Loading... 30 April 2025|  

Tag: डाेल्पा

माछा मार्न गएका बालककाे डुबेर मृत्यु

माछा मार्न गएका बालककाे डुबेर मृत्यु

    प्रकाशित मितिः २७ माघ २०७३, बिहीबार १२:३३
डोल्पा । यहाँका एक बालकको ठूलो भेरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा नर्क–३ निवासी ९ वर्षीय हिमाल शाही रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । शाहीको बुधबार माछा मार्न गएको बेला भेरीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । मृत शाहीको शव प्रहरी र स्थानीयवासीको सक्रियतामा पाँच घन्टापछि भेटिएको स्थानीयवासी पुष्पराज शाहीले बताए ।
किसानका घर घरमा पोखरी

किसानका घर घरमा पोखरी

    प्रकाशित मितिः २६ माघ २०७३, बुधबार १८:१९
डोल्पा । सिँचाइ सुविधा उपलब्ध गराउन किसानका घर घरमा पोखरी निर्माण गरिने भएको छ । जिल्ला कृषि विकास कार्यालयले केही हदसम्म भए पनि किसानको सिँचाइको समस्या कम गर्न उनीहरुलाई पोखरी निर्माणका लागि अनुदान दिन लागेको कार्यालयका योजना अधिकृत भानुभक्त भट्टराईले जानकारी दिए । सो कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरेर वर्षादकोे पानी जम्मा गरी सिँचाइको सुविधा दिइनेछ । यस वर्ष ७५ किसानलाई नमुनाको रुपमा प्
कृषि भवन घाँस गोदाममा परिणत

कृषि भवन घाँस गोदाममा परिणत

    प्रकाशित मितिः ८ मंसिर २०७३, बुधबार १७:१०
त्रिपुराकोट गाविस–२ खाँतीस्थित कृषि उपकेन्द्रकोे भवन घाँस गोदाममा परिणत भएको छ । निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा स्थानीयले घाँस गोदामका रुपमा प्रयोग गर्दै आएका छन् । हिमाली आयोजनाको रु ३० लाख सहयोगमा निर्माण भएको उक्त भवन सञ्चालनमा आउन नसक्दा स्थानीयवासीले सेवा पाउन नसकेको स्थानीय जसिराम बोहोराले बताए । सात जना कर्मचारीको दरबन्दी रहेको उक्त उपकेन्द्रमा कार्यालय सहयोगी मात
सडक सञ्जालमा जोडियो डोल्पा

सडक सञ्जालमा जोडियो डोल्पा

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार ०७:११
कर्णालीको विकट जिल्ला डोल्पामा सडक संजालसँग जोडिएको छ । नेपाली सेनाले निर्माणधिन सडकको रुकुम खण्ड निर्माण गरेपछि डोल्पा सडक संजालमा जोडिएको हो । डोल्पाको सीमाना त्रिवेनीमा सडकको उद्घाटन गर्दै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले एक बर्ष भित्रमा सेनाले डोल्पा सदरमुकाम दुनैमा गाडि पु¥याउने बताए । १ सय १८ किलोमीटर लम्बाईकोे जाजरकोट–डोल्पा सडकको १ सय २ किलोमिटर ट्रयाक खोलिएको छ । जाजरकोट रुकुम खण्ड