
दुःख दिने दुई ‘अ’ (अनुभूति)
प्रकाशित मितिः १९ मंसिर २०७३, आईतवार ०८:०३
म र मेरा मित्र कसैले पनि पाइला टेक्नु नपरोस् भन्ने गरिएका दुई ‘अ’बाट सुरु हुने ठाउँमा जागिर गर्दछौं । म अस्पताल र उनी अदालतमा । बेलाबखतमा हामी मित्रताका कुरा सँगसँगै देश विदेश र आ–आफ्ना कार्यक्षेत्रका घटनाक्रमलाई लिएर बादविवाद गर्दछौं ।
म मेरो मित्रलाई लक्षित गर्दै भन्छु, ‘अदालतमा त कसैलाई पनि पाइला टेक्नु नपरोस्, पैसा र समय दुवैको बर्बाद ।’ न्याय पाउन नसक्दाको त्यो पीडा र छटपटीको उपचार नै सम्भव