
स्वास्थ्यमा खेलवाड, म्याद सकिएको खाद्यान्न गाउँमा
प्रकाशित मितिः १२ मंसिर २०७३, आईतवार १७:४४
म्याद सकिएका खाद्य वस्तु बझाङ जिल्लाका ग्रामीण भेगमा ढुवानी गरिने गरेको भेटिएको छ । सदरमुकाम चैनपुर बजार, तमैल बजार, भाँडे बजार, मोरी बगर बजार, बागथला, झनाना, देउरा, लगायतका अन्य स्थानीय बजारबाट ग्रामीण भेगमा म्याद सकिएका सामानहरु जाने गरेको पाइएको हो ।
प्रभावकारी बजार अनुगमन नहुँदा र जिल्लाका केही व्यापारीका कारण म्याद सकिएका अखाद्य वस्तु ग्रामीण भेगमा ढुवानी हुने गरेको नागरिक समाजका अगुवा धर्