☰ open Loading... 29 April 2025|  

Tag: तम्घास (गुल्मी)

गुल्मीको जनजीवन सामान्य बन्दै

गुल्मीको जनजीवन सामान्य बन्दै

    प्रकाशित मितिः ४ पुष २०७३, सोमबार १५:४५
सरकारले प्रदेश टुक्राउन लागेको भन्दै त्यसको विरोधमा आह्वान गरिएको गुल्मी बन्द आज बिहान ११ बजेदेखि फिर्ता भएको छ । गुल्मी बन्दको २०औँ दिनमा आन्दोलन फिर्ता भएपछि जिल्लाको जनजीवन सामान्य बन्दै जान थालेको छ । मङ्सिर १५ गतेदेखि निरन्तर रुपमा बन्दको आह्वान गरी जिल्लामा धर्ना र प्रदर्शन जारी राखेको संयुक्त आन्दोलन परिचालन सङ्घर्ष समितिले पत्रकार सम्मेलन गरी आन्दोलन फिर्ता लिएको घोषणा गरेको हो ।