
जाजरकोटका शाहीको ताप्लेजुङमा हत्या
प्रकाशित मितिः १७ पुष २०७३, आईतवार १७:२३
ताप्लेजुङ । ताप्लेजुङको खोक्लिङ गाउँ विकास समितिमा आइतबार वन रक्षक गणेश शाहीको खुकुरी प्रहार गरी हत्या गरिएको छ । जाजरकोट-८ दसेरा घर भई इलाका वन कार्यालय खोक्लिङमा कार्यरत उनको आइतबार बिहान हत्या भएको प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
खोक्लिङ-८ दुरिङ घरभएका सविन लिम्बूले हत्या गरेको हुनसक्ने प्रारम्भिक जानकारी आएको केसीले बताए । लिम्बू फरार रहेका छन् । सामुदायिक र निजी वनको विव