
प्रहरीले कुटेको विरोधमा खानेपानी बन्द
प्रकाशित मितिः ६ फाल्गुन २०७३, शुक्रबार १८:४२
खानेपानीको नयाँ पाईप विछ्याउने काममा खटिएका दैलेख बजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लगायत पदाधिकारीहरुलाई प्रहरीले विहिवार राती कुटेको विरोधमा खानेपानी वितरण बन्द गरिने जनाईएको छ ।
समितिका अध्यक्ष बलराम श्रेष्ठ, कोषाध्यक्ष भरतराज थापा, मर्मत सम्भार कार्यकर्ता टेकबहादुर खत्रीलाई गस्तीमा आएका ४ जना प्रहरीले लाठी र लातले कुटेको जनाईएको छ । समितिको कार्यालयमा पत्रकार सम्मेलन गरेर प्