
काठमाडाैं लैजाँदै गरेका एकसय २० बालबालिकाको उद्धार
प्रकाशित मितिः १२ मंसिर २०७३, आईतवार ०७:४६
सदरमुकाम गमगढी नजिकैका गाविसबाट काठमाडौं लैजादै गरेको बालबालिकाहरुको उद्धार गरिएको छ । ललितपुरको दक्षिणकालीमा रहेको शंकर ईट्टाभट्टामा काम लगाउन भन्दै बसमा लैजादै गर्दा मुगु प्रहरीले १२० जना बालबालिकाहरुको उद्धार गरेको हो ।
प्रहरीले ईट्टाभट्टाका एजेन्ट दाङका बिजौरीका पुरन पुनमगर र मुगु सेरीका ममता घर्ति भने पक्राउ गरेको छ । उद्धार गरिएका बालबालिकाहरु सदरमुकाम नजिकका दलित बस्ति श्रीनगरका २७, कार्