
आज देशमा अच्चम्म देखेँ
प्रकाशित मितिः ४ चैत्र २०७३, शुक्रबार १६:४७
उत्पादनका खेतहरुमा,
विसाल बजार बसेको छ ।
कृतिम गर्भाधानमा व्याउछन,
विकासे जर्सि गाईहरु,
लोकल गाईहरु छाडा छन् ।
मधुमासमा हरिन्छन्,
बुढा गोरुहरु माथी,
आज शहरमा अच्चम्म देखेँ ।
यूवाहरु भाडामा,
कमाउन प्रदेशमा छन् ।
यूवतीहरु घरदेशमा,
चेतनाको घुम्टो ओढेर,
बुढो बरमा,
मधुमासमा हुरिन्छन् ।
आज शहरमा अच्चम्म देखेँ ।
यूवा यूवतीलाई राज्य,
भिसा दिएर पठाउछ।
बैदेशिक रोजगारमा,
रेमिटान्सले देश