
भिडियो एक्सरे सेवा सुरु
प्रकाशित मितिः ५ फाल्गुन २०७३, बिहीबार १३:१२
जिल्ला अस्पताल बिजुवारमा लामो समयपछि नयाँ भिडियो एक्सरे मेसिन ल्याइएको छ । पहिलाको मेसिन बिग्रँदा झन्डै ६ महिनादेखि बिरामीले सेवा लिन पाएका छैनन् ।
कोटेसनमार्फत ४ लाख ९८ हजारमा मेसिन खरिद गरी मंगलबारदेखि सञ्चालनमा ल्याएको जिल्ला स्वास्थ्य प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। कृष्ण शाहले बताए । ‘एक्सरे मेसिन बिग्रँदा महँगो शुल्क तिरेर बिरामी निजी क्लिनिक जान बाध्य थिए,’ शाहले भने, ‘अहिले सहज भएको छ ।’