
उपचार गर्ने र नगर्ने भन्दै राउटे समुदायमा द्वन्द्व
प्रकाशित मितिः २२ माघ २०७३, शनिबार १७:१६
औषधिको पोको देखेपछि राउटे महामुखिया महिनबहादुर शाहीले सोधे, ‘यो मेडिकलको होकी स्वास्थ्य चौकीको ? मेडिकलबाट किनेको भनेपछि आश्वस्त भए । ६–७ महिनादेखि पेटसम्बन्धी रोगले थलिएकी १९ वर्षीया छोरी ढुंग्या शाहीलाई जाँच गर्न उनले एउटा सर्त तेर्साए, ‘काठमाडौंका डाक्टरसँग मात्र जाँच गराउने ।’
मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका डाक्टर पारस चिपालुले आफ्नो घर काठमाडौं भएको बताए । स्वास्थ्य शिविर लिएर पु