
जिप दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते
प्रकाशित मितिः १५ माघ २०७३, शनिबार १६:४८
जयपृथ्वी नगरपालिका– ६ कपडे नजिक आज शनिबार भएको जिप दुर्घटनामा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा रिलु गाविस– ८ का ४६ वर्षीय लालसिंह बोहरा रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चैनपुरबाट रुपातोला जान लागेको से १ ज ५६२ नम्बरको जिप सडकबाट झन्डै १५० मिटर तल सेती नदीको किनारमा खसेको थियो ।
सो दुर्घटनामा मेलबिसौना गाविस– ५ का ३३ वर्षीय ललित सिंह, रिलु गा