
प्राध्यापक, कर्मचारीको आन्दोलनले विद्यार्थी मर्कामा
प्रकाशित मितिः १८ चैत्र २०७३, शुक्रबार ०७:४३
बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीले पाँच महिनासम्म तलब नपाएको भन्दै बिहीबारदेखि पठनपाठन ठप्प पारेका छन् ।
क्याम्पसमा पढाइ रोकिएपछि विद्यार्थी मारमा परेका छन् । क्याम्पसका क्याम्पसप्रमुख मणिराम तिवारीले क्याम्पसमा रहेका १३ प्राध्यापक र चार कर्मचारी गरी १७ जनालाई पाँच महिनाको तलबबापत करिब रु १३ लाख दिन बाँकि रहेको हुँदा तत्काल सो रकम नभएका क