☰ open Loading... 29 April 2025|  

Tag: बाँके सम्वाददाता

बाँकेमा हैजा विरुद्धको खोप अभियान सञ्चालन हुने

बाँकेमा हैजा विरुद्धको खोप अभियान सञ्चालन हुने

    प्रकाशित मितिः १२ मंसिर २०७३, आईतवार १७:४४
विगतमा हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाईको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरी हैजाको खोप सञ्चालन गर्न लागिएको हो। बाँकेका सोनपुर, उढरापुर र नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ५ मा खोप अभियान सञ्चालन गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । करिब २७ हजारलाई खोप दिइने जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले जानकारी दिए । गर्भवति महिला, एक बर्ष मूनिका
नेकपा मार्क्सवादीका अध्यक्ष माधव ज्ञवालीको निधन

नेकपा मार्क्सवादीका अध्यक्ष माधव ज्ञवालीको निधन

    प्रकाशित मितिः ११ मंसिर २०७३, शनिबार ११:२८
नेकपा मार्क्सवादीका अध्यक्ष माधव ज्ञवालीको निधन भएको छ ।  लामो समयदेखि मृगौला र मुटु रोगको समस्याबाट पीडित ८१ वर्षीय ज्ञवालीको शुक्रबार राति उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा निधन भएको हो । उनको केहीदिन अघि भारतको लखनउमा उपचार गरिएको थियो ।  ज्ञवालीको पार्थिव शरीर शनिबार दिउँसो राप्ति नदीमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।  ज्ञवाली वामपन्थी आन्दोलनमा लामो समयदेखि सक्रिय थिए ।
भन्सार छलेर ल्याएका एक लाख मुल्यका कपडा बरामद

भन्सार छलेर ल्याएका एक लाख मुल्यका कपडा बरामद

    प्रकाशित मितिः ९ मंसिर २०७३, बिहीबार १८:४४
बाँके प्रहरीले भन्सार छलेर ल्याएका अवैध कपडा बरामद गरेको छ । बिहीबार दिउसो जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–११ जयसपुरबाट सो समान बरामद गरेको हो । भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपालतर्फ ल्याई रहेको करिब १ लाख ३७ हजार २५० बराबरको अबैध लत्ता कपडाहरु बरामद गरेको बाँके प्रहरीको सूचना डेस्कले जानकारी दिएको छ । प्रहरीका अनुसार बरामद भएको कपडा