
घरमै सिलौटा खोप्छन्, स्कुल जाँदैनन् कुचबधिया बालबालिका
प्रकाशित मितिः २८ माघ २०७३, शुक्रबार १०:१२
गाउँघर नजिक विद्यालय भएर मात्र विद्यार्थी टिक्ने रहेनछन्, बाँकेका अल्पसंख्यक कुचबधियालाई त्यो विद्यालय ‘आकाशको फल’ जस्तो भएको छ । परम्परागत पेसा सिलौटा बिक्री हुन छाडे पछि उनीहरू संकटमा पर्दै गएका छन् । आफ्ना छोराछोरीलाई आर्थिक संकटका कारण विद्यालय पठाउन नसकेका हुन् ।
१४ वर्षीया पूजा कुचबधियाले विद्यालय छाडेको ६ वर्ष पुग्यो । दुई कक्षासम्म स्थानीय विद्यालयमा पढिन् । आठ वर्षकी भएपछि काममा सघ