
‘मान्छेसँग डर लाग्छ’
प्रकाशित मितिः १६ चैत्र २०७३, बुधबार १३:२२
डुङडुङ्ती गन्हाएको शरीर, नमाझेर पहेँला भएका दाँत, घुम्रिएर जिङ्रिङ्ग भएको कपाल, अलिअलि पलाएका दाह्रीका ठोसा । झट्ट हेर्दा देखिने उनको हुलिया यही हो ।
सिलाई नगरी पछाडिबाट फन्को मारेर ओढेको लुगा घाँटीनेर ल्याएर गाँठो पारिएको छ । गाँठो भन्दा मुनीको भाग ह्वाङ्गै छ । सिलाएर लगाउनुको साटो त्यसै ओढिएको कपडा अझ ठाउँ ठाउँमा गाँठो पारिएको छ । कपडाको रंग सेतो हो तर, मैलोले कालो भएको गाँठोनेर खुम्चिएको ठाँउम