
राप्रपा अब पहिलो शक्ति बन्छ : पूर्वमन्त्री चन्द
प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार ०७:०१
बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्ववाणिज्य मन्त्री जयन्तबहादुर चन्दले राप्रपा अब पहिलो शक्ति बन्ने बताएका छन । राप्रपा पाटन नगर अधिवेशनमा सम्बोधन गर्दै पूर्वमन्त्री चन्दले आर्थिक प्रलोभनमा धर्म परिवर्तन गर्ने खेल भइरहेको र यसलाई रोक्नका लागि राप्रपा लागिपरेको बताए । उनले भने, “ठूला राजनीतिक दलले जनतालाई धोका दिएकाले अब राप्रपा वैकल्पिक शक्तिका रुपमा उदय हुन्छ ।”
राष्ट्रिय