भारतीय एसएसबीको गोली लागेर नेपाली युवकको मृत्यु
प्रकाशित मितिः २६ फाल्गुन २०७३, बिहीबार १७:०२
कञ्चनपुरको पुनास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा ह्ुमपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हुँदा एकजना नेपाली युवकको मृत्यु भएको छ ।
नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि ह्ुमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद हुँदा दोहोरो ढुङ्गा हानाहान भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । स