
निर्वाचनमा जुटे दलहरु, थारु सम्बद्ध पार्टी भने विरोधमा
प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार १२:५५
भीमदत्तनगर । आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भएपछि कञ्चनपुरका राजनीतिक दल आ–आफ्ना पक्षमा माहोल बनाउन सक्रियताका साथ निर्वाचनमा होमिएका छन् । जिल्लाको प्रशासनिक निकाय निर्वाचनको तयारीमा जुट्दै गर्दा राजनीतिक दलहरु पनि माहोल आफ्नो पक्षमा लिन वडास्तरसम्म खटिएका हुन् । नेपाली काँग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत साना दल पनि निर्वाचनमा जुटिसके