
सुर्खेत–भुरिगाउँ तेलपानी सडकः पाँच वर्ष वित्यो, पुल बनेन
प्रकाशित मितिः ४ श्रावण २०७४, बुधबार ०९:४०
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरहुँदै तेलपानी– भुरिगाउँ बर्दिया जोड्ने सडक खण्डको निर्माणाधिन पक्की पुल पाँच वर्ष वित्दा पनि अझै बन्न सकेको छैन् । बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको सिमानामा पर्ने रानीघाटमा निर्माणाधिन पक्की पुल ठेकेदारको लापरवाहीका कारण निर्माण हुन नसकेको हो ।
तराई पहाड हिमाल तथा सुदूरपश्चिम जोड्ने छोटो मार्ग सुर्खेत–तेलपानी–भूरिगाउँ सडक खण्डको सर्वे आर्थिक वर्ष २०६४÷०