
बडाचौर विमानस्थल सञ्चालनको प्रतीक्षामा रोल्पाली
प्रकाशित मितिः ३ माघ २०७३, सोमबार १४:२४
रोल्पा । ‘पञ्चायतकालमा चलेको विमानस्थल बहुदल आएपछि बन्द भयो, नयाँ व्यवस्था आएपछि जनताले थप सुविधा पाउलान् भनेको त भएको संरचनासमेत बन्द गरेर राज्यले हामीलाई सौतेलो व्यवहार ग¥यो, अब भने फेरि विमानस्थल सञ्चालन हुन्छ कि भन्ने आशा जागेको छ’ पूर्वी रोल्पाको बडाचौरमा भेटिएका अमरबहादुर बुढाको आशा मिश्रित गुनासो हो यो ।
तत्कालीन मन्त्री बालाराम घर्ती मगरको पहलमा सञ्चालनमा ल्याइएको बडाचौर विमानस्थल अहिले