☰ open Loading... 24 April 2025|  

Tag: राजेन्द्र कार्की । जाजरकाेट

पाँचसय रुपैयाँ नहुँदा परीक्षा फाराम भर्न पाएनन किशोरीले

पाँचसय रुपैयाँ नहुँदा परीक्षा फाराम भर्न पाएनन किशोरीले

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १७:१६
जाजरकोटको टाले गाउँकी १६ वर्षीया निर्मला सिंह र १५ वर्षीया कमला सिंह सदरमुकाम खलंगामा अलपत्र परेका छन् । यसै पटक दश कक्षा उत्तिर्ण गरेकी निर्मला घरमा बुवा–आमा नभएको र दाजु–भाउजुले हेलाँ गरेको भन्दै काम खोज्न सदरमुकाम आइपुगेकी हुन् । टाले गाउँकै १५ वर्षीया कमला सिंह पनि आमाको मृत्यु र बाबु वेपत्ता भएपछि एक वर्षदेखि सदरमुकाममा भाँडा माझेर गुजारा गरिरहेकी छन् । उनका भाई १२ वर्षीय विकास सिंह भने मा
बलात्कारको प्रयास गर्ने दुई पक्राउ

बलात्कारको प्रयास गर्ने दुई पक्राउ

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार ०७:५७
विद्यालयबाट घर फर्कदै गर्दा एक किशोरीलाई बलात्कारको प्रयास गर्ने दुई जना किशोरलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ । युवतीका आफन्तको उजुरीका आधारमा दशेरा ८ बडावनका १८ बर्षिय भरत शाही र सोही ठाँउका चन्द्रबहादुर शाहीलाई ईलाका प्रहरी कार्यालय पाँचकाटियाले पक्राउ गरेको हो ।  ढिमे १ एक दमदाला स्थित एक विद्यालयमा अध्ययन गरेर फर्कने क्रममा पाँचकाटियाको जंगलमा भेरीमालिका नगरपालिका २ तिमिलेकी एक १३ बर्षिय
सिडिओ नै तीजमा छमछमी नाचेपछि…

सिडिओ नै तीजमा छमछमी नाचेपछि…

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १९:५६
महिलाहरुले आयोजना गरेको तिज विशेष कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम उठेर महिलाहरु सँगै छमछमी नाच्दा दर्शक दिर्घबाट तालीको फोहरा छुट्यो । दर्शकहरु निकै रमाईलो मानेर प्रमुख जिल्ला अधिकारी लगायतका कार्यालय प्रमुख र स्थानियहरुको नाच हेरे । महिलाहरु आफु पनि नाचे र उपस्थित अतिथि लगायत सवै दर्शकहरुलाई पनि छमछमी नचाए । तिज विशेष कार्यक्रमले सदरमुकाममा तिजको रौनक ह्वात्तै बढाईदिएक
अत्याधिक रक्तस्रावले सुत्केरीको मृत्यु

अत्याधिक रक्तस्रावले सुत्केरीको मृत्यु

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १४:५६
अत्याधिक रक्तस्रावका कारण जाजरकोटमा एक सुत्केरी महिलाको ज्यान गएको छ । ५ महिनामै गर्भ तुहिएपछि भएको रक्तस्राव रोक्न नसक्दा पजारु ३ की १९ वर्षिय रमिता बुढाको ज्यान गएको हो । महिना नपुग्दै अकस्मात गत बुधवार बेथा लाग्यो केही समयमै घरमै गर्भ तुहियो त्यसपछि रक्तस्राव धेरै हुन थालेपछि पजारुको सेराखरेमा रहेको स्वास्थ्य चौकीमा उपचारको लागी लगेको श्रीमान खुमबहादुर बुढाले बताए । तर त्यहाँ पनि रक्तस्राव नर
६ वर्षदेखि प्रसुती गृहको भवन अलपत्र

६ वर्षदेखि प्रसुती गृहको भवन अलपत्र

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १८:०५
भवन नहुँदा सुत्केरी गराउन समस्या सुरक्षित सुत्केरी गराउन आवश्यक पर्ने प्रसुती गृह नहुँदा ५० शैया भनिएको जाजरकोट जिल्ला अस्पतालले सामान्य स्वास्थ्य चौकीले दिने सेवा जति पनि उपलब्ध गराउन सकेको छैन । प्रसुतिगृहको भवन निर्माणको काम विगत ६ बर्षदेखि अलपत्र परेको छ । भवन निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीको लापरवाही र सम्बन्धित निकायको उदासिनताका कारण डिपीसी समेत गरिसकेको भवनमा घाँस उम्रिएको छ ।
बेपत्ता पारिएकाको यथार्थ सार्वजनिक गर्न माग

बेपत्ता पारिएकाको यथार्थ सार्वजनिक गर्न माग

    प्रकाशित मितिः १४ भाद्र २०७३, मंगलवार १३:४०
१८ बर्ष अघि बेपत्ता पारिएको छोरालाई अहिले पनि जाजरकोट भेरीमालिका १ कालेगाँउकी ६५ बर्षिया चनमती बटालाले झलझली सम्झिरहेकी छन । २०५५ सालमा घर नजिकैबाट तत्कालिन विद्रोही माओवादीमा लागेको आरोपमा प्रहरीले उनका छोरा दीपक बटालालाई पक्राउ गरि बेपत्ता पारेको हो । बेपत्ता पारिएको आफ्नो छोराको लास वा सासको अवस्था सार्वजनिक गर्न पहल गरिदिन चनमतिले मानवअधिकारकर्मी सँग माग गरेकी छन् । द्धन्दकालमा भएका घटनाको अन
उपचार खर्च तिर्न नसक्दा विचल्लीमा वीरु

उपचार खर्च तिर्न नसक्दा विचल्लीमा वीरु

    प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार १८:१२
भेरी मालिका नगरपालिका ३ सिमलगैरीका विरु नेपालीको जेठ २८ गते काठमाडौंको शुस्मा कोइराला मेमोरियल अस्पतालमा घुडाको अप्रेसन हुदै थियो । घुडामा भएको ठुलो घाउको पिडा एकातिर थियो भने त्यो भन्दा ठुलो पिडा उनको जीवनमा अर्कै थियो । उनको घुडाको उपचारका लागि अप्रेसन हुने दिन उनकी आमा लल्ती नेपालीको चित्ता खलंगाको कालेगाउँ स्थित भेरी नदीको किनारमा जल्दै थियो । एकातिर आमाको खवर अर्काेतिर घुडामा असहय पिडाका
अनुमति नलिएका सडकमा यातायात संचालनमा रोक

अनुमति नलिएका सडकमा यातायात संचालनमा रोक

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १२:०९
जाजरकोट—डोल्पा सडक खण्डको खगेनकोट बगर—तल्लुबगर सडकमा यातायात सेवा बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् । रुटपरमिट नभएको भन्दै स्थानिय प्रशासनले यातायात संचालनमा रोक लगाएपछि मंगलवार देखी त्यस सडक खण्डमा यातायात सेवा बन्द भएको छ । जाजरकोट – डोल्पा सडकको खगेनकोट बगर— तल्लुबगरसम्मको खण्डमा संचालन हुदै आएका १२ ओटा जीप र ५ ओटा ट्याक्टरलाई चल्न रोक लगाएको जाजरकोट प्रहरीले जनाएको छ । विभागको अस
स्व.पत्रकार शाहीका सन्ततिलाई ५० हजार हस्तान्तरण

स्व.पत्रकार शाहीका सन्ततिलाई ५० हजार हस्तान्तरण

    प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार १७:२३
नेपाल पत्रकार महासंघले विभिन्न दुर्घटनामा मृत्यु भएका पत्रकारका सन्तानहरुको सहयोगका लागि पत्रकार सन्तति वृत्ति जाजरकोटवाट सुरु गरेको छ । डेढ वर्ष अघि मृत्यु भएका जाजरकोटका पत्रकार वीरवहादुर शाहीकी श्रीमति सरस्वती शाहीलाइ ५० हजार नगद सहयोग दिदै पत्रकार सन्तति वृत्तिको सुरुवात गरिएको हो । मंगलवार नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले आयोजना गरेको एक कार्यक्रममा २०७१ माघ १९ गते निधन भएका जाजरकोटका पत्
जन्म दिने अामालाइ छाेराले गरे हत्या

जन्म दिने अामालाइ छाेराले गरे हत्या

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १७:३७
जाजरकोटमा छोराले आफुलाई जन्मदिने आमाको हत्या गरेका छन । सल्ला गाविस १ लैकमका ३८ वर्षिय बृद्धिबहादुर खत्रीले ६५ वर्षीय आमा देउती खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ । जग्गा सम्वन्धी विवाद भएपछि छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेको प्रहरीले बताएको छ । हत्या अभियोगमा पक्राउ परेका बुद्धिबहादुरले प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरी समक्ष अपराध स्वीकार गरेका छन् । साउन २२ गते नै आमाको हत्