☰ open Loading... 29 April 2025|  

Tag: राेल्पा

१५ लाख बराबरको जग्गा दान

१५ लाख बराबरको जग्गा दान

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १६:१५
रोल्पा । पूर्व मन्त्री बालाराम घर्तीमगरले नेपाल रेडक्रस सोसाइटी उपशाखा सुलिचौर, रोल्पालाई रु १५ लाख बराबरको जग्गा दान गरेका छन ।मिझिङ–७ सुलिचौर रोल्पास्थित बसपार्कमा रहेको कित्ता नं ५५० को ६० वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेको उपशाखा सुलिचौरका सभापति गञ्जबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार हाल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य कार्यक्रम खा
गर्भपतन सेवा लिने किशोरीको सङ्ख्या बढ्दो

गर्भपतन सेवा लिने किशोरीको सङ्ख्या बढ्दो

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १३:२१
चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । सरकारले गत मङ्सिरदेखि निःशुल्क रुपमा गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिए । असुरक्षित र अनपेक्षित गर्भ भएका महिलालाई यो सेवा फलदायी देखिए पनि किशोरीले समेत यो सेवा लिँदा सामाजिक वि
द्वन्द्व प्रभावित बालबालिकालाई सहयोग

द्वन्द्व प्रभावित बालबालिकालाई सहयोग

    प्रकाशित मितिः २३ माघ २०७३, आईतवार ११:०४
रोल्पा । जोखिम अवस्थामा रहेका बालबालिका एवम् सशस्त्र द्वन्द्वबाट पीडित परिवारका लागि शैक्षिक सहयोग, वैकल्पिक स्याहार र आयआर्जन क्रियाकलापमा सहयोग गरिएको छ । द्वन्द्व प्रभावित बालबालिकाको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालित परियोजनाबाट अप्ठेरो वा कठिन अवस्थामा रहेका बालबालिका र युवा तथा सशस्त्र द्वन्द्वबाट पीडित एवं आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थाका बालबालिकाको परिवारलाई लक्ष्य गरी
राेल्पामा ७८ प्रतिशत सहकारी सक्रिय

राेल्पामा ७८ प्रतिशत सहकारी सक्रिय

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार १२:३२
रोल्पाका सहकारी संस्थामध्ये ७८ प्रतिशत सक्रिय देखिएका छन् । जिल्लामा कुल दर्ता भएका एकसय ३९ सहकारीमध्ये एकसय सात सहकारी सक्रिय रहेका छन् भने ३२ वटा सहकारी निष्क्रिय रहेको जिल्ला बचत तथा ऋण सहकारी सङ्घ रोल्पाले जनाएको छ । जिल्लामा दर्ता भएका सहकारीमध्ये ४३ बचत तथा ऋण, ६ बहुउद्देश्यीय, स्वास्थ्य, सामाजिक उद्यमी, मौरीपालन, जडीबुटी र उपभोक्ता गरी एक÷एक सहकारी छन् भने ८५ वटा कृषि सहकारी रहेका छन् ।
मर्मत नहुँदा रोल्पामा खानेपानी समस्या

मर्मत नहुँदा रोल्पामा खानेपानी समस्या

    प्रकाशित मितिः १२ माघ २०७३, बुधबार १२:३२
पुराना योजना मर्मत हुन नसक्दा रोल्पा जिल्लामा खानेपानीको समस्या देखिन थालेको छ । योजना निर्माण भएको लामो समयसम्म पनि मर्मतका लागि बजेट विनियोजन नहुँदा खानेपानी आपूर्तिमा समस्या देखिएको उपभोक्ताले गुनासो गरेका छन् । जलवायुमा आएको फेरबदलले पानीका स्रोत पनि सुक्दै गएका कारण समस्यामाथि समस्या थपिएको उपभोक्ताले बताएका छन् । हिउँदमा घर नजिकैबाट पानी ल्याए पनि गर्मी मौसममा भने डेढ घन्टा टाढा पुगेर पान
रोकिएन वन अतिक्रमण

रोकिएन वन अतिक्रमण

    प्रकाशित मितिः ८ माघ २०७३, शनिबार ०९:२९
जिल्लामा विगतका वर्षदेखि हुन थालेको वन अतिक्रमण अझै रोकिएको छैन । संस्थागत तथा व्यक्तिगत किसिमले वन अतिक्रमण हुने गरेको जिल्ला वन कार्यालय रोल्पाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा नेपाली सेनाले वन अतिक्रमण गरी ब्यारेक सञ्चालन गर्दै आएको छ । शान्ति प्रक्रियापछि माओवादी सेनाका ब्यारेक रहेको गैरीगाउँको तिलामा सशस्त्र प्रहरी बलको क्याम्प रहेको छ भने नुवागाउँ गाविसको दहवन र
घरेलु उद्योगतर्फ महिलाकाे आकर्षण बढ्दै

घरेलु उद्योगतर्फ महिलाकाे आकर्षण बढ्दै

    प्रकाशित मितिः ५ माघ २०७३, बुधबार १७:१४
रोल्पा । यहाँका महिला घरेलु तथा साना उद्योगतर्फ आकर्षित हुँदै गएका छन् ।  घरेलु तथा साना उद्योग विकास समितिमा पछिल्ला दिनमा दर्ता भएका साना उद्योग अधिकांश महिलाद्वारा सञ्चालन गर्ने गरी दर्ता भएका उक्त कार्यालयका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए । जिल्लामा हाल फर्निचर, ग्रील, अल्लो कपडा, मह उत्पादन, सिलाइकटाई, बाख्रापालन, कुखुरापालन, झोला, बेकरी, होटल र कम्प्युटर प्रशिक्षणलगायत एक हजार तीन स
मुहान दर्ता नहुँदा खानेपानी योजना अलपत्र

मुहान दर्ता नहुँदा खानेपानी योजना अलपत्र

    प्रकाशित मितिः ३ माघ २०७३, सोमबार १४:०९
रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा सञ्चालन गरिने भनिएको तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ परियोजना लामो समय बितिसक्दासमेत सञ्चालन हुन नसक्दा उपभोक्ता निरास भएका छन् । एसियाली विकास बंैकको सहयोगमा लिवाङ नगरपालिका–५, ६, ७ र ८ का झन्डै एक हजार चार सय बढी घरधुरीलाई स्वच्छ खानेपानी तथा सरसफाइको सुविधा दिने गरी परियोजना सुरु हुने भनिए पनि हालसम्म मुहान दर्ता विवादका कारण प्रक्रिया अगाडि नबढ्दा
लगातारको बन्दले रोल्पाको जनजीवन कष्टकर

लगातारको बन्दले रोल्पाको जनजीवन कष्टकर

    प्रकाशित मितिः १ पुष २०७३, शुक्रबार १४:२७
रोल्पा। बिहीबारदेखिको लगातार बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम लिवाङलगायत ग्रामीण क्षेत्र समेत बन्द रहेका कारण यहाँको जनजीवन प्रभावित भएको हो । पाँच नं प्रदेशबाट रोल्पा प्यूठानलगायत पहाडी जिल्ला छुट्याउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक विरुद्ध आन्दोलन गरिरहेका रोल्पालीले तेस्रो चरणको कार्यक्रमअन्तर्गत बिहीबारदेखि जिल्ला बन्द गरेकाले जनजीवन कष्टकर
लक्षित वर्गका लागि एक करोड विनियोजन

लक्षित वर्गका लागि एक करोड विनियोजन

    प्रकाशित मितिः २० मंसिर २०७३, सोमबार १३:३७
जिल्ला विकास समिति रोल्पाले यस आव २०७३÷०७४ मा लक्षित वर्गका लागि रु एक करोड १८ लाख ७३ हजार रकम विनियोजन गरेको छ । जसअन्तर्गत महिलातर्फ रु ३६ लाख ५७ हजार, बालबालिकातर्फ रु ३५ लाख ४७ हजार र पिछडिएको वर्ग, दलित, जनजाति अशक्त अपाङ्गतर्फ रु ४६ लाख ६९ हजार प्रस्ताव गरिएको योजना शाखाका प्रमुख दीपककुमार डिसीले जानकारी दिए । उनका अनुसार कार्यक्रमले लक्षित वर्गका समुदायको जीवनयापन र आर्थिक स्थितिमा परिवर्