
थवाङलाई गाउँपालिकाको केन्द्र बनाउन माग
प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १८:३६
गाउँपालिकाको केन्द्र थबाङलाई बनाइनुपर्ने माग राख्दै करिब एक हजार बढी थबाङवासी रोल्पा सदरमुकाम लिबाङ आइपुगेका छन् ।
सङ्घर्ष समितिका संयोजक जयप्रकाश रोकाको संयोजकत्वमा आएको टोलीले आाफ्नो माग पूरा नभएसम्म सदरमुकाम नछाडिने बताएको छ । टोलीमा सहभागीले ‘थबाङलाई सधैंँ अछुतो व्यवहार गर्न पाइँदैन’, ‘मगर खाम भाषा संरक्षित थबाङ गाउँपालिका बनाइदेऊ’ लगायत नारा लगाएका थिए ।
टोलीले प्रहरीले जिल्ला प्रशासन