☰ open Loading... 24 April 2025|  

Tag: रोल्पा

झारफुकमा लाग्दा सुत्केरीको मृत्यु

झारफुकमा लाग्दा सुत्केरीको मृत्यु

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार १९:५९
रोल्पा । समयमै स्वस्थ्य संस्था नजाँदा आज पश्चिम रोल्पाकी एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईखोली गाउँपालिका–७ कुरेलीका २० वर्षीया बिमला रोका रहेको जिल्ला अस्पताल रोल्पाले जनाएको छ । सुत्केरी व्यथा लागेको तीन÷चार दिनसम्म गाउँमा धामी झाँक्रीले झारफुक गर्दा सञ्चो नभएपछि बिमलालाई अस्पताल ल्याइएको थियो । उपचारका लागि अस्पताल ल्याउँदा आमा वेहोस तथा पेटमा भएको शिशुको ज्यान गइसकेको जिल्ला अ
महिलामैत्री परीक्षा केन्द्र

महिलामैत्री परीक्षा केन्द्र

    प्रकाशित मितिः १ चैत्र २०७३, मंगलवार ११:४०
रोल्पा । यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा जिल्लाबाट झन्डैै ५४ प्रतिशत छात्राले सहभागिता जनाउँदै छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा यस वर्ष बिहीबारदेखि हुने परीक्षामा ७२ साधारण, एक प्राविधिक र एक खुला गरी ७४ विद्यालयबाट तीन हजार आठ सय ११ विद्यार्थीले १७ परीक्षा केन्द्रबाट सहभागिता जनाउन लागेका छन् । सहभागी हुने विद्यार्थीमध्ये छात्राको सङ्ख्या अधिक रहेको जिल्ला शिक्षा अधि
साझा नेतृत्व चयन गर – सांसद पुन

साझा नेतृत्व चयन गर – सांसद पुन

    प्रकाशित मितिः २९ फाल्गुन २०७३, आईतवार १०:२३
रोल्पा । नेपाली काँग्रेसका सांसद अमरसिंह पुनले नेपाल शिक्षक सङ्घ रोल्पाको आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै शिक्षकहरुलाई साझा रुपमा नेतृत्व चयन गर्न सुझाव दिएका छन् । उनले भने– “अरु दानमा खासै समस्या पर्दैन तर कन्यादान र मतदानमा विशेष ध्यान पु¥याउनुपर्छ ।” कार्यक्रममा नेपाल शिक्षक सङ्घका राष्ट्रिय कार्य समितिका उपमहासचिव सुशीला सुवेदीले सरकारी विद्यालयको शिक्षाको गुणस्तर खस्कनुमा शिक्षकमात्र दो
श्रीमतीका हत्यारालाई सर्वस्वसहित जन्मकैद

श्रीमतीका हत्यारालाई सर्वस्वसहित जन्मकैद

    प्रकाशित मितिः २३ फाल्गुन २०७३, सोमबार १६:२७
लिबाङ (रोल्पा) । आफ्नै श्रीमती हत्या अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका नुवागाउँ–८ रोल्पाका ५५ वर्षीय ओसबहादुर घर्तीमगरलाई जिल्ला अदालत रोल्पाले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ । घर्तीमगरले गत साउन ४ गते घरायसी विवादका कारण ४७ वर्षीया श्रीमती मनसरी घर्तीमगरलाई खुर्पा प्रहार गरेको र सोही कारणबाट मनसरीको मृत्यु भएको पुष्टि भएको हुँदा पीडकलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३(३) बमोजिम स
राजनैतिक भागबन्डाले गठन हुन सकेन शिक्षा समिति

राजनैतिक भागबन्डाले गठन हुन सकेन शिक्षा समिति

    प्रकाशित मितिः २४ माघ २०७३, सोमबार १२:२६
रोल्पा । जिल्लाको शैक्षिक क्षेत्रको नीति निर्माण गर्ने महत्वपूर्ण संयन्त्र जिल्ला शिक्षा समिति विघटन भएको लामो समयसम्म गठन हुन नसक्दा जिल्लाको शैक्षिक स्थिति खस्किन थालेको सरोकारवालाले गुनासो गरेका छन् । जिल्ला विकास समितिका सभापतिको अध्यक्षतामा गठन हुने सो समितिमा पदेन सदस्यसहित नौजना रहने शिक्षा ऐनमा व्यवस्था भए पनि हाल चार पद पूर्ति भए पनि पाँच पद अझै पूर्ति हुन सकेको छैन । जिविस सभापति, प
रोल्पामा एक हजार बढी उद्योग सञ्चालनमा

रोल्पामा एक हजार बढी उद्योग सञ्चालनमा

    प्रकाशित मितिः २२ माघ २०७३, शनिबार १६:४७
रोल्पा । घरेलु तथा साना उद्योग विकास समिति रोल्पामा कार्यालय स्थापना कालदेखि अहिलेसम्म एकहजार ४१२ वटा उद्योग निरन्तर सञ्चालनमा रहेको छ ।  उद्योग अधिकृत बालकृष्ण आचार्यका अनुसार ती उद्योगबाट एक हजार ७०५ जना महिला र एक हजार ४५७ जना पुरुष गरी कुल पाँच हजार ५९५ जनाले रोजगारी प्राप्त गरिरहेका छन् । कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादनमूलक उद्योग एक सय ६२ वटा स्थापना भएको देखिन्छ । ती उद्योगबाट
रोल्पाका ५० प्रतिशत जनता टेलिफोनको पहुँचमा

रोल्पाका ५० प्रतिशत जनता टेलिफोनको पहुँचमा

    प्रकाशित मितिः १९ पुष २०७३, मंगलवार १४:४३
रोल्पा । रोल्पाका झन्डै ५० प्रतिशत जनता मात्रै टेलिफोनको पहुँचमा रहेको नेपाल टेलिकम, रोल्पाले बताएको छ । जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते र स्काइका साथै निजी सेवा प्रदायकद्वारा वितरण गरिएका एनसेल तथा हेलोले समेत सेवा दिइरहेका छन् । जिल्ला सदरमुकाम लिवाङ र सुलिचौर बजारमा गरी २५० थान ल्यान्डलाइन जडान गरिएको नेपाल टेलिकम रोल्पाका कार्यालय प्रमुख कैलाश आचार्यले बताए । भौगोलिक दुर्गमताका कार
गहुँको बीउमा आत्मनिर्भर बन्दै रोल्पा

गहुँको बीउमा आत्मनिर्भर बन्दै रोल्पा

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार ११:४५
लिबाङ । रोल्पा जिल्ला गहुँको बीउमा आत्मनिर्भर बन्दै गएको जिल्ला कृषि विकास कार्यालय, रोल्पाका नायब प्राविधिक सहायक अनिलकुमार शर्माले जानकारी दिएका छन् । उनका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा गहुँको बीउका लागि छिमेकी जिल्ला, कृषि अनुसन्धान र राष्ट्रिय बीउबिजन कम्पनी शाखा कार्यालय नेपालगन्जबाट १६० क्विन्टल गहुँको बीउ आयात गरेर कृषक समूह तथा सहकारीमा वितरण गरेको थियो भने यस वर्ष ३३.७५ प्रतिशत बीउ ग
वैकल्पिक शिक्षा लिएका बालबालिका विद्यालय भर्ना

वैकल्पिक शिक्षा लिएका बालबालिका विद्यालय भर्ना

    प्रकाशित मितिः २७ मंसिर २०७३, सोमबार ०९:४३
वैकल्पिक शिक्षामार्फत दक्षिण रोल्पाका ३५१ बालबालिका विद्यालय भर्ना भएको एक तथ्याङ्कले देखाएको छ । मानव अधिकार सचेतन केन्द्र रोल्पाले हालै दक्षिण रोल्पाका जौलिपोखरी, जेद्वाङ, करेटी, कोर्चवाङ, तालावाङ, गैरीगाउँ र घर्तीगाउँ गाविसमा गरेको सर्वेक्षणले यस्तो नतिजा देखाएको हो । यद्यपि सो क्षेत्रमा अझै विद्यालय उमेरका ११५ बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्कले देखाएको छ । यसरी विद्यालय बाहिर रहे
निःशुल्क गर्भपतन सेवा सुरु

निःशुल्क गर्भपतन सेवा सुरु

    प्रकाशित मितिः २६ मंसिर २०७३, आईतवार १३:१२
दुई स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ ।  हाल जिल्ला अस्पताल लिवाङ र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा सो सेवा सुरु गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख डा भवानी शर्माले जानकारी दिए । बाह्र हप्तासम्मको अनिच्छित गर्भलाई मान्यताप्राप्त स्वास्थ्य संस्थामार्फत गर्भपतन गर्न पाउने कानुनी प्रावधान छ । सेवाका लागि सरकारले प्रतिव्यक्ति रु ८०० अनुदान दिएको छ । “उक्त रकम अपुग हुने देखि