सिचाई नभएपछि पचास परिवार विस्थापित
प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार ०९:२३
जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने मेलौली गाविस वडा नं. ३ स्यालतडी मुद्रेका ५० घरपरिवार सिचाई कुलो भत्किएपछि विस्थापित भएका छन् ।
विसं २०६२ भदौमा आएको पहिरोले २०५ रोपनी खेत सिचाई गर्ने कुलो भत्किएपछि हालसम्ममा ती परिवार विस्थापित भएको स्थानीय जयदत्त भट्टले जानकारी दिए । सुर्नया नदीबाट तीन किलोमिटर टाढाबाट परम्परागतरुपमा स्थानीयले निर्माण गरेको कुलो भत्किएपछि आफूहरुले विस्थापित हुनुपरेको हो,