चितुवाको छालासहित एक पक्राउ
प्रकाशित मितिः ६ बैशाख २०७४, बुधबार १८:०२
वैतडी । चितुवाको छालासहित बैतडीको पाटनबाट आज एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–६ का महेशसिंह सुतार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सुतारसँग रहेको चितुवाको छाला पाँच फिट ९ इन्च लम्बाइ र २ फिट चौडाइ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक हरिओम खड्काले बताउनुभयो । पक्राउ परेका सुतारलाई आजै जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ ।
सुतारलाई वन ऐन २